३१ असार २०८३, बुधबार

अमेरिकाको नदीमा पोखियो ९७ हजार ग्यालन वाइन

अमेरिकाको नदीमा पोखियो ९७ हजार ग्यालन वाइन

अमेरिकाको क्यालिफोर्नियास्थित सोनोमा काउन्टीमा रहेको अंगुर खेत (भाइनयार्ड) बाट ९७ हजार ग्यालनभन्दा बढी वाइन बगेर नदीमा पोखिएको छ । 

पोखिएको रातो रंगको वाइनले आठवटा ठूला ट्यांकरहरू भरिने बताइएको छ । 

ब्लेन्डिङ ट्यांकको ढोका खुलेपछि ९७ हजार ११२ ग्यालन वाइन पोखिएको गभर्नर्स अफिस अफ इमर्जेन्सी सर्भिसेसको एक प्रतिवेदनमा उल्लेख छ । 

बुधवार चुहिएको वाइन अहिले चुहिन बन्द भएको छ र २० प्रतिशत भागलाई जोगाउन सकिएको छ । तैपनि ९६ हजार ग्यालन वाइन रसियन रिभरमा पोखिएको छ । रसियन रिभर मेन्डोसिनो काउन्टीबाट शुरू भएर प्रशान्त महासागरमा पुग्छ । 

वाइन परेपछि नदीमा रहेका माछा मरेका छैनन् तर वाइनको अम्लीयपनाले कीराहरू मार्न सक्ने र कीरा मरेपछि माछाले आहारा नपाउने सम्भावना रहेको रसयिन रिभरकीपरका कार्यकारी निर्देशक डोन मकहिलले बताए । 

रोड्नी स्ट्रङ भाइनयार्ड्सबाट वाइन पोखिएको हो र संस्थाले यसको आन्तरिक अनुसन्धान गरिरहेको र अधिकारीहरूसँग सहकार्य गरिरहेको बताए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्