०६ असार २०८३, शनिबार

तालिमका क्रममा विमान दुर्घटना, पाइलटको मृत्यु (भिडियो)

माघ १२, २०७६
तालिमका क्रममा विमान दुर्घटना, पाइलटको मृत्यु (भिडियो)

ग्वाटेमालामा एरोब्याटिक तालिमका क्रममा एक विमान दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।

घटनाको भिडियो फूटेजमा एरोब्याटिक जेट भुइँतिर फनफनी घुम्दै आएको अनि ठोकिएको देखिन्छ । घटना शुक्रवार इजतापामा भएको हो । 

पाइलट र विमानमा सवार अर्का एकजना मारिएको अनि झन् अर्का एकजना हराइरहेको बताइएको छ । 

ग्वाटेमालाको अग्नि नियन्त्रक संस्थाले एक बयान जारी गरेर दुईजनाको मृत्युको पुष्टि गरेको छ र एकजना हराइरहेको जनाएको छ । 

फूटेजमा विमानले हावामा कावा खाएको अनि तल खस्दै भुइँतिर आएको देखिन्छ । 

त्यसपछि विमान भिडियो खिच्ने मानिसतिर आउँछ । 

विमान भुइँमा ठोकिन्छ र चिप्लिँदै जान्छ अनि क्यामराको शटबाहिर पुग्छ ।


 

कमेन्ट गर्नुहोस्