२६ जेठ २०८३, मंगलबार

सापकोटा सभामुखका लागि उपयुक्त पात्र - सुवासचन्द्र नेम्वाङ

सापकोटा सभामुखका लागि उपयुक्त पात्र - सुवासचन्द्र नेम्वाङ

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अग्नि सापकोटा सभामुखका लागि उपयुक्त पात्र रहेको बताएका छन् ।

सभामुख चयनका लागि आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा नेम्वाङले सापकोटाको नाम प्रस्ताव गरेका थिए ।

'यसप्रतिनिधिसभाका माननीय सदस्य अग्नि सापकोटा लामो समयदेखि क्रियाशील हुनुहुन्छ,' उनले भने, 'यो भन्दा अगाडि शिक्षकका रूपमा पनि क्रियाशील हुनुभयो । सभामुखको हिसाबले उहाँले निर्वाह गर्न सक्नुहुन्छ भन्ने विश्वासका साथ उहाँलाई प्रस्ताव गर्न गइरहेको छु ।'

नेम्वाङले सापकोटा यसका लागि उपयुक्त रहेको दाबी गरेका थिए ।

'हामीले प्रस्ताव गरिरहेको सन्दर्भमा उहाँको विकल्पमा अर्को कोही सार्नुभएको छैन,' नेम्वाङले भने, 'यसबाट पनि उहाँ उपयुक्त रहेको पुष्टि हुन्छ ।'

नेम्वाङको प्रस्तावलाई नेकपाकै अर्का नेता देव गुरुङ, राजपाका नेता लक्ष्मणलाल कर्ण र नेकपाकी नेतृ ओनसरी घर्तिले समर्थन गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्