१५ असार २०८३, सोमबार

बालबालिकाका लागि डिसहोमले शुरू गर्‍यो विशेष च्यानल ‘राइम्स’

बालबालिकाका लागि डिसहोमले शुरू गर्‍यो विशेष च्यानल ‘राइम्स’

डिसहोम नेपालमा रहेको अग्रणी डीटीएच सेवा प्रदायक कम्पनी हो जसले थुप्रै डिजिटल एचडी च्यानल उपलब्ध गराउँदै आइरहको छ ।

चाहे मनोरञ्जन होस्, कुनै कुराको ज्ञान होस्, खेलकुद होस् या त्यो केही सिक्नका लागि होस् डिसहोमले आफ्नो विभिन्न च्यानलमार्फत दर्शक वर्गलाई अद्भुत दृश्य तथा मनोरञ्जनको अनुभव प्रदान गर्दै आइरहेको छ । 

यस्तै मनोरञ्जन दिने उद्देश्यले एक कदमअगाडि बढ्दै डिसहोमले एउटा विशिष्ट च्यानल राइम्स ुच्जथmभकु मार्फत भोलिका कर्णधार बालबालिकाका लागि आजको दिनमा रोमाञ्चक प्रारम्भिक शिक्षण आधार तयार पारेको छ ।

यो २ देखि १२ बर्षसम्मका बच्चाहरूका लागि अत्यन्तै अन्तरक्रियात्मक च्यानल हो । तपाईं च्यानल नं. ८०९ मा यो च्यानल हेर्न सक्नुहुनेछ ।

यो च्यानलले बच्चाहरूका लागि एउटा पढ्नका लागि आधार प्रदान गर्नुका साथै अंग्रेजी तथा गणितजस्ता विषयहरूको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामाग्रीको माध्यमबाट दिमाग सुदृढ बनाउन मद्दत गर्ने डिसहोमले जनाएको छ ।

यो च्यालनले बच्चाहरूलाई घरमै बसेर सिक्न सक्ने एउटा उत्कृष्ट मञ्च प्रदान गर्ने डिसहोमको दाबी छ ।

आफ्ना दर्शकहरुद्वारा पहिले नै उत्कृष्ट प्रतिक्रिया प्राप्त गरिसकेको डिसहोमले यो च्यानलबाट पनि आफ्नो उद्देश्य पूरा गर्दै उत्कृष्ट हुनेछ विश्वास व्यक्त गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्