स्पेन, २ बैशाख– नयाँ वर्ष २०७४ को अवसरमा जनसम्पर्क समिति स्पेनले एक सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको छ ।

नेपाली मौलिकतालाई संरक्षण गर्ने उद्देश्यले सोमबार साँझ भब्य सांस्कृतिक कार्यक्रमको तयारी गरिएको समितिका महामन्त्री रामप्रसाद सापकोटा विराजले बताए ।
विराजले भने, ‘नेपाल बाहिर बसेर भएपनि आफ्नो कला र सांस्कृतिलाई बचाउन लागि हरेक नयाँ वर्ष मनाइँदै आएको र यो वर्ष भने फरक शैलिमा मनाउन लागिएको छ ।’
समितिले बार्सिलोनामा बस्ने करिब ५ हजार नेपालीहलाई एक आपसमा जोड्ने काम गरेकाले सबैलाई सहभागिता समितिका अध्यक्ष ईन्द्र शर्माले आग्रह गरे ।
कार्यक्रममा स्थानीय कलाकार तथा नेपाली राष्ट्रिय ख्याति प्राप्त कलाकारहरु रामजी नेपाली, सुमि घिमिरे सापकोटा, थानेश्वर गौतम लगायतको प्रस्तुति रहनेछ ।
बार्सिलोनाको सिसिलिया भवनमा सोमबार साझ ४ः३० बजेबाट सुरु हुने कार्यक्रममको प्रवेश शुल्क दश युरो तोकिएको छ ।