२९ जेठ २०८३, शुक्रबार

उदय सोताङको ‘घाम लागेन’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा

उदय सोताङको ‘घाम लागेन’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा

टुबोर्ग ओपन सेसन्स् सिजन २ मा उदय सोताङको ‘घाम लागेन’ सार्वजनिक भएको छ ।

च्यानल आरबिट्ररीद्वारा २०१८ मा शुरु गरिएको टुबोर्ग ओपन सेसन्स् एक युट्युब श्रृंखला हो र पछिल्लो सिजनको व्यापक सफलतापछि केही प्रख्यात कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा टुबोर्ग ओपन सेसन्स्को सिजन २ शुरु भएको छ ।

सबैको मन छुने गीत ‘घाम लागेन’ले जिन्दगीको दुःखको बारेमा बताउँछ । गीतले जिन्दगीको अध्याँरो पक्षको वर्णन गर्दछ । २०१९ मा रिलिज भएको उक्त गीत ‘मन भोल. २’ बाट रहेको छ । टुबोर्ग ओपन सेसन्स्मा मनोज कुमार केसीले गीतको संगीत रिएरेन्ज गरेका छन् । 

उदय सोताङ नेपाली संगीत बजारमा निकै प्रचलित नाम हो । उनले करिब २०० भन्दा बढी गीतहरु लेख्नुका साथै कम्पोज गरेका छन् । उनकी पत्नी मनिला सोताङसँग मिलि सोताङ जोडिले हालसम्म १० वटाभन्दा बढी एल्बमहरू निकालेका छन् । उनीहरूले धेरै हिट नेपाली गीतहरु दिएका छन् ।

टुबोर्ग ओपन सेसन्स् सिजन २ मा दुई प्रख्यात निर्माता रोहित शाक्य र मनोज कुमार केसीले नेपाली संगीतको सारलाई पुनर्जीवित गर्दै सबै २६ वटा गीतहरुमा सँगै सहकार्य गर्नेछन् । सजन २ ले नेपाली संगीतकारहरुसँग गौरवपुर्ण उत्साह मनाउँदै उनीहरुलाई टुबोर्ग ओपनको मञ्चमा ल्याउने क्रम जारी राख्नेछ । नेपाली संगीत उद्योगको विविधतालाई अँगाल्ने र परम्परागत साँगीतिक आधारहरूलाई सम्मान गर्ने यस सेसनको लक्ष्य रहेको छ ।

टुबोर्ग ओपन सेसन्स् सिजन १ ले नेपाली दर्शकहरुलाई कलाकारहरुको विविध समुहको प्रस्तुतीको साथ ध्यानाकर्षण गर्न सफल रह्यो । सिजन १ मा ५ ड्रिम बिग प्रोजेक्टका विजेताहरुको साथै ३६ जना लोकप्रिय कलाकारहरुले ५१ वटा गीतहरु निर्माण गर्न सँगै सहकार्य गरेका थिए जुन युट्युबमा च्यानल आरबिट्ररी मार्पmत अपलोड गरिएको थियो जसले १ करोडभन्दा बढी भ्युज संकलन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्