२६ जेठ २०८३, मंगलबार

२ वर्षपछि राबडीले भेटिन् लालु, घन्टौं गरे कुराकानी

माघ १४, २०७६
२ वर्षपछि राबडीले भेटिन् लालु, घन्टौं गरे कुराकानी

लामो समयपछि भारतको बिहार राज्यकी पूर्व मुख्यमन्त्री राबडी देवीले राँचीमा रहेको राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्स (रिम्स)मा भर्ना भएका पति लालु प्रसाद यादवसँग भेट गर्न पाएकी छन् ।

सोमवार उनीहरूले घन्टौं कुराकानी गरे । कुराकानी चलिरहेको बेलामा छोरी मीसा भारती पनि उपस्थित थिइन् । पतिसँग कुराकानी सकेपछि राबडी देवी मिडियासँग कुरा नगरिकन घर फर्किन् ।

बिहारका पूर्व मुख्यमन्त्री लालुसँग भेटघाटका लागि राबडीले जेल प्रशासनबाट विशेष अनुमति लिएकी थिइन् । 

चारा घोटाला मुद्दामा लालु राँचीको बिरसा मुंडा जेलमा बन्द छन् र १४ वर्षको सजाय काटिरहेका छन् । केही समयदेखि स्वास्थ्य ठीक नभएका कारण लालु रिम्सका भर्ना गरिएका छन् । 

लालुलाई भेट्दा राबडी एकदमै भावुक देखिइन् । दुवैले पेइङ वार्डको कोरिडोरमा कुरा गरे । त्यसक्रममा उनीहरूले घर परिवारदेखि राजनीति र पार्टीसम्मको कुरा झिके । 

लालुलाई बिरसा मुंडा जेलमा कैदी नम्बर ३३५१ का रूपमा राखिएको छ । गम्भीर रोगहरूका कारण अहिले उनी प्रहरी कस्टडीमा रिम्समा भर्ना भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्