
चीनमा कोरोनाभाइरसका रोगीहरूलाई दिनरात खटेर उपचार गरिररहेकी एक महिला स्वास्थ्यकर्मी ‘अब म सक्दिनँ’ भनी ग्वाँग्वाँ रोएको भिडियो सार्वजनिक भएको छ ।
अन्लाइनमा आएका खबरअनुसार, १४ सेकेन्डको त्यो भिडियो वुहानको एक अस्पतालमा लिइएको हो । उपचार गर्दागर्दा थाकेकी महिला अफिसमै रोएकी हुन् ।
भिडियोलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन तर चिनियाँ सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल बनेको थियो ।
कोरोनाभाइरसका कारण १०६ जनाको ज्यान गइसकेको छ अनि पाँच हजारजना भन्दा बढी मानिस संक्रमित भएका छन् ।
यस स्वास्थ्य संकटका कारण अधिकारीहरूले मध्य चीनको हुबेई प्रान्तमा बस्ने पाँच करोड ६० लाख मानिसको क्वारेन्टाइन गरिरहेका छन् ।
संक्रमण फैलिएपछि वैज्ञानिकहरूले एक लाखभन्दा बढी मानिस संक्रमित भइसकेको हुन सक्ने आशंका गरेका छन् ।