भारतीय कांग्रेसका नेता राहुल गान्धीले भारतको छवि खराब पार्न नरेन्द्र मोदी सरकार जिम्मेवार रहेको बताएका छन् ।
मंगलवार राजस्थानको जयपुरमा एक भेलालाई सम्बोधन गर्दै गान्धीले भाजपा सरकारले देशमा लगानीकर्ताहरूलाई निरुत्साहित गर्ने हिसाबमा देशको छवि बिगारेको बताए ।
उनले युवाहरूलाई आफ्नो आवाज बुलन्द राख्न आग्रह गरे ।
मोदी सरकारले रोजगारी सिर्जना गर्ने प्रतिज्ञा पूरा नगरेको उनको कथन छ ।
जयपुर सार्वजनिक भेलालाई युवा आक्रोश र्याली नाम दिइएको छ र त्यसले बेरोजगारीको विषयमा युवाहरूको आक्रोशमा जोड दिएको छ ।
द टाइम्स अफ इन्डियाबाट