
चितवनका विभिन्न स्थानमा गरिएको स्वास्थ्य परीक्षणमा १०६ नयाँ एचआइभी संक्रमित भेटिएका छन् ।
भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका अनुसार सन् २०१९ मा २० हजार ६४६ को परीक्षणका क्रममा ती नयाँ संक्रमण भेटिएको हो ।
संक्रमितमध्ये १०४ ले नियमित औषधि सेवन गर्दै आएका छन् । संक्रमितको सङ्ख्या ९९१ पुगेको छ ।
सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार एचआईभी संक्रमितलाई क्षयरोगबाट जोगाउन ७०२ लाई औषधि प्रदान गरिएको छ ।
गत वर्षमा छ संक्रमितले सुरक्षित बच्चा जन्माएका छन् । गत वर्ष १३ संक्रमितले औषधि सेवन गर्न छाडेको उनले जानकारी दिए ।