२८ जेठ २०८३, बिहीबार

आन्तरिक राजश्वका कम्युटर अधिकृत घुससहित पक्राउ

आन्तरिक राजश्वका कम्युटर अधिकृत घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश नम्बर ३ कार्यालयले घुससहित एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

आन्तरिक राजश्व कार्यालय चितवनमा कम्युटर अधिकृतको दरबन्दीमा कार्यरत रामकुमार अधिकारीलाई कार्यालयले घुस रकम रु १० हजारसहित मङ्गलबार पक्राउ गरेको हो । 

आन्तरिक राजश्व कार्यालयका प्रमुख शुभप्रसाद रिजालले सेवाग्राहीबाट कम्युटर बिलिङको कामका विषयमा अधिकारीले रकम लिएको अभियोगमा पक्राउ गरेको जानकारी दिनुभयो ।  अधिकारीलाई अख्तियार कार्यालय हेटौँडा लगिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्