१० असार २०८३, बुधबार

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ लक्ष्मीनारायण चोकमा यात्रुबाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।

अन्दाजी ४० वर्षीय पुरुषको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पोखराबाट वीरगञ्जतर्फ गइरहेको ना ५ ख ३२६ नम्बरको बसले बुधबार  पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

घाइतेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको , मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको र  बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्