
बलिउड अभिनेता अजय देवगन फूटबल प्रशिक्षकको भूमिकामा देखिने भएका छन् ।
उनी फिल्म 'मैदान'मा भारतीय फूटबल प्रशिक्षक सैय्यद अब्दुल रहीमको भूमिकामा देखिने भएका हुन् ।
फिल्मको पहिलो पोस्टरमा उनी प्रशिक्षक सैय्यदको लुकमा देखिएका छन् । उनी छोटो कपाल र जुँगामा देखिएका छन् ।
पोस्टरमा अजयसँगै फूटबल टीमका सदस्यहरू देखिएका छन् । पोस्टर शेयर गर्दै अजयले लेखेका छन्, 'यो कहानी भारतीय फूटबलका स्वर्ण फेज र त्यसको सफल कोचको हो ।'
भारतीय सञ्चारमाध्यमका अनुसार 'मैदान'मा विभिन्न देशका खेलाडीहरू हुनेछन् ।
Yeh kahaani hai Indian football ke Golden phase ki aur uske sabse badey aur successful coach ki.#Maidaan@Priyamani6 @raogajraj @BoneyKapoor @iAmitRSharma @freshlimefilms @SaiwynQ @ActorRudranil @writish @saregamaglobal @ZeeStudios_ @ZeeStudiosInt @BayViewProjOffl pic.twitter.com/djVktm8bft
— Ajay Devgn (@ajaydevgn) January 30, 2020