०५ असार २०८३, शुक्रबार

बोराले च्यापिएर एकै परिवारका चार जनाको मृत्यु

माघ १६, २०७६
बोराले च्यापिएर एकै परिवारका चार जनाको मृत्यु

रुपन्देहीमा खाली बोराले च्यापेर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

रुपन्देहीको सिद्धार्थनर नगरपालिका वडा नम्बर ६ गल्लामण्डीमा खाली बोरा संकलन गर्ने भारत बिहारका सहजाद हुसेनको परिवारकै मृत्यु भएको हो ।

भारत बिहारका ३० वर्षीय सहजाद हुसेन, उनीकी श्रीमती २८ वर्षीया सद्धव खातुन, ६ वर्षीय छोरा सुल्तान रजा र २ वर्षीया छोरी सहिना खातुनको मृत्यु जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी खड्गबहादुर खत्रीले लोकान्तरलाई जानकारी दिए । 

आफैंले संकलन गरेर राखेको बोराले थिचेको अवस्थामा उनीहरूलाई बिहीवार बिहान मृत फेला परेका थिए । घरको सटरभित्र तीन तर्फका भित्तामा बोराको चाङ र बीचको साँघुरो ठाउँमा सुतिरहेका उनीहरूमाथि बोरा चिप्लिएर खस्दा सास फेर्न नसकेर निसास्सिएर मृत्यु भएको प्रहरीको आशंका छ । हुसेन परिवारले विगत १५ वर्षदेखि कवाडीका बोरा जम्मा गर्ने र बोरा सिलाएर बिक्री वितरण गर्दै आएका थिए । उनीहरूको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्