विश्वका विभिन्न देशमा फैलिदै गएको कोरोना भाइरस विरुद्धको खोप प्रयोग योग्य हुन अझै तीन महिना लाग्ने चिनियाँ अधिकारीले बताएका छन् ।
खोपका लागि अनुसन्धानमा संलग्न रहेका चिनियाँ विषेशज्ञ लि लाङजुनका अनुसार अहिले कोरोना भाइरसका पाँच स्वरूपलाई छुट्याउन सफल भएकाेमा तीमध्ये दुईको खोप निर्माणका लागि उपयोगी देखिएकाे बताए।
कम्तीमा तीन महिनामा खोपलाई परीक्षणमा ल्याउन सकिने आशा गर्न सकिने उनले जनाएकाे चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेकाे छ।
उनले खोपको विकासका लागि गर्नु पर्ने विभिन्न प्रक्रियागत कामहरु भइरहेको बताए। चिनियाँ स्वास्थ्य अधिकारीहरुले बिहीबारसम्ममा सात हजार ७११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएका छन्। उनीहरुका अनुसार अहिलेसम्म १७० जनाको यही सङ्क्रमणका कारण मृत्यु भएको छ।