
पाकिस्तानी क्रिकेट टीमका पूर्व लेग स्पिनर दनिश कनेरिया धार्मिक विषयलाई लिएर चर्चामा आएका छन् ।
सामाजिक सञ्जालमा सक्रिय रहने दनिशलाई एक महिला समर्थकले ‘इस्लाम धर्म कबूल’ गर्न अपिल गरिन् । ती महिलाले दनिशलाई भनिन्, ‘इस्लाम विनाको जीवन केही पनि होइन ।’
ट्विटरमा ‘ह्यास्टिक आस्क दनिश’ गर्दै गरिएको अपिललाई दनिशले तत्कालै जवाफ फर्काए, ‘तपाईं जस्तै धेरैले यो प्रयास गरे तर उनीहरूलाई सफलता मिलेन ।’
ट्विटर प्रयोगकर्ता अमना गुलले दनिश कनेरियासमक्ष अपिल गरेकी थिइन्, ‘तपाईं मस्लाम कबूल गर्नुस्, इस्लाम सबथोक हो । मलाई थाहा छ कि इस्लाम विना जीवन केही पनि होइन । तपाईंको जिन्दगी मृत्यु जस्तै हो । तपाईं इस्लाम कबूल गर्नुहोला ।’
दनिशले जवाफ फर्काए, ‘तपाईं जस्तै धेरै व्यक्तिले मेरो धर्म परिवर्तन गर्न कोसिस गरे तर कोही पनि सफल भएनन् ।’ दनिशले एक ट्विटर प्रयोगकर्तालाई जवाफ फर्काए, ‘मलाई हिन्दू हुनुमा गर्व छ ।’
I am proud to be a Hindu. #AskDanish https://t.co/rBUxo2PdRK
— Danish Kaneria (@DanishKaneria61) January 30, 2020
अर्का ट्विटर प्रयोगकर्ताले प्रश्न गरे, ‘तपाईं पाकिस्तानमा सुरक्षित महसूस गर्नुहुन्न ?’ दनिशले जवाफ दिए, ‘म यहाँ बिल्कुल सुरक्षित छु ।’
Many people like you tried to change my religion, but did not succeed. https://t.co/p260TxmFUL
— Danish Kaneria (@DanishKaneria61) January 30, 2020
पाकिस्तानी क्रिकेटर दनिश गत वर्ष डिसेम्बरमा अचानक चर्चामा आएका थिए । त्यतिबेला पाकिस्तानका तीब्र बलर शोएब अख्तरले दनिश हिन्दू भएका कारण उनीसँगै बसेर खाना खान केही क्रिकेटर हिच्किचाउने गरेको दाबी गरेका थिए ।
I am feeling very safe. I said some people tried. Don’t play with words. https://t.co/Npngt5NUB3
— Danish Kaneria (@DanishKaneria61) January 30, 2020