२५ जेठ २०८३, सोमबार

बीपी कोइराला प्रतिष्ठानमा आएका बिमारीमा कोरोना भाइरस सङ्क्रमणको आशंका

बीपी कोइराला प्रतिष्ठानमा आएका बिमारीमा कोरोना भाइरस सङ्क्रमणको आशंका

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका एक बिरामीलाई कोरोना भाइरस सङ्क्रमण भएको आशङ्कामा अस्पतालले परीक्षणका लागि राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा पठाएको छ ।

उच्च ज्वरो र घाँटीको दुःखाइका कारण उनी उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा बिहीबार भर्ना भएका थिए ।

उनलाई बिहीबार साँझ नै काठमाडाँै पठाइएको अकास्मिक कक्षका प्रमुख डा ज्ञानेन्द्र मल्लले जानकारी दिए ।

उपचारका लागि आएको बिरामीलाई तीन दिनदेखि १०३ डिग्रीसम्म ज्वरो आएको उहाँले बताउनुभयो । धरान–११ घर भएका उनी पाँच दिनअघि मात्र दक्षिण कोरियाबाट नेपाल आएको बताइएको छ ।

उनी कोरियामा हुँदै भाइरसको चर्चा भएको र उनी आफै भाइरसको शङ्का गरेपछि मेडिसिन विभाग र प्रतिष्ठानको विज्ञ टोलीसँगको परामर्श गरी उहाँलाई परीक्षणका लागि टेकु पठाइएको डा मल्लले बताए ।

प्रतिष्ठानमा उक्त भाइरस भए नभएको परीक्षण गर्ने किट छैन् । प्रतिष्ठानले बिहीबार नै अस्पताल निर्देशकको संयोजकत्वमा १२ सदस्यीय ¥यापिड रेस्पोन्स टिमसमेत बनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्