
भारतको पश्चिम दिल्लीमा बस्ने मिहिर जैनलाई उसका मातापिताले म्याक्स अस्पतालमा केही महिनाअघि तौल कम गराउने सर्जरीका लागि लगेका थिए । मिहिर बल्लबल्ल उभिन सक्थ्यो ।
उसको तौल जोख्दा २३७ किलो देखियो । अपरेसन गर्ने वरिष्ठ सर्जन डा प्रदीप चौधरीले मिहिर संसारका सबभन्दा धेरै तौल भएका किशोर भएको र उनको ग्यास्ट्रिक बाइपास सर्जरी गरिएको बताए ।
मिहिरका मातापिताका अनुसार, सन् २००३ मा जन्मेका मिहिरको तौल २.५ किलो थियो । तर बिस्तारै उनको तौल बढ्न थाल्यो । आमा पूजा जैनका अनुसार, मिहिर पाँच वर्षका हुँदा उनको तौल ७० किलो थियो ।
उसलाई जंक फूड असाध्यै मन पर्ने र पास्ता तथा पिज्जा अत्यधिक खाने बानी लागेको थियो । त्यसैले उसको तौल अस्वाभाविक रूपमा बढ्यो ।
एजेन्सी