×

माघ २८, २०८०

ड्रोन क्यामराबाट खिचिएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका कालिञ्चोकमा निर्माणाधीन अवस्थामा रहेको क्रिकेट मैदान र सँगै रहेको रग्बी खेल मैदान । ७३ लाख १८ हजार लागतमा निर्माण हुने खेलकुद मैदानको  लेबल मिलाउ...

माघ २८, २०८०

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शाली नदीमा पुगेर पूजा आराधना गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि शुरू भएर माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने श्री स्वस्थानी व्रत...

माघ २८, २०८०

सुनसरीको इनरुवामा माटोबाट बनेको सरस्वतीको मूर्तिमा रङ लगाउँदै मूर्तिकार । सरस्वती पूजा नजिकिँदै जाँदा मूर्तिकारको व्यस्तता बढेको छ । तस्वीर : नवीन गड्तौला/रासस

माघ २८, २०८०

शुक्लाफाँटा नगरपालिका–९ का किसान तोरीमा राँगाको सहयोगमा दाइँ (गहनी) लगाउदै । तोरीलगायते अन्न बाली थ्रेसिङ गर्न मेसिनको प्रयोगलाई बढावा दिन थालिएपछि गोरु, राँगाद्वारा दाइँ (गहनी) लगाईने कार्य हाल बिस्...

माघ २८, २०८०

ड्रोन क्यामराबाट खिचिएको कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित मङ्गलगढीचोकबाट शनिबार रात्रि झिलिमिली देखिएको वीरेन्द्रनगर बजार र रत्नराजमार्ग आसपासको क्षेत्र । तस्बिर-रासस

माघ २८, २०८०

बेनी- म्याग्दीको धवलागिरि गाउँपालिका–७ को बादिकाको भीरमा अक्करे भीरमा निर्माण भएको सडकको ढलानसहित स्तरोन्नति भएपछि सहज रुपमा गुड्दै गरेका सवारी साधन । यस भीरमा सडकलाई ढलान, फराकिलो, नाली निर्माण र ग्र...

माघ २७, २०८०

तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होसार आज धुमधामसँग मनाइएको छ ।  नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदायसँगै उत्तरको छिमेकी मुलुक चीनसहितका बौद्धमार्गीहर...

माघ २७, २०८०

नुवाकोटको विदुरमा जारी आठौं नुवाकोट महोत्सवमा लोपोन्मुख अवस्थामा पुगेको घोडा नाच प्रस्तुत गर्दै किस्पाङ गाँउपालिका–४ साल्मेका स्थानीय । परापूर्व समयदेखि छेच्यु अन्तरगत समूहमा खेलिने घोडा नाच लोपोन्मुख अबस्...

माघ २७, २०८०

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ मार्खुस्थित इन्द्रसरोवर ताल (कुलेखानीमा जलाशय) मा शनिवार डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक। तस्वीरः हरिराम भेटुवाल/रासस

माघ २६, २०८०

एक महिने स्वस्थानी व्रतको परम्पराअनुसार व्रतालुहरूले परदेश यात्राअन्तर्गत आज बिहान पशुपतिमा पूजा गरेका छन् । बागमती नदीमा स्नान गरेर उनीहरूले नित्य पूजा गरेका हुन् । हिजो पशुपति आइपुगेका व्रतालुहरू आज फर्पिङ जान...

माघ २६, २०८०

मकवानपुरको थाहा नगरपालिकाको पर्यटकीय स्थल चित्लाङ । होमस्टे (घरवास)व्यवसायले प्रसिद्धि पाएको यो ठाउँ घुम्न आन्तरिक तथा विदेशी पर्यटकहरू आउने गरेको स्थानीय बताउँछन् । तस्वीर : हरिराम भेटुवाल/रासस

माघ २६, २०८०

म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा अवस्थित कुइनेखानी गाउँ । चिटिक्क मिलेको कुइनेखानीका घर परम्परागत तरिकाले ढुङ्गाले छाएका छन् । तस्वीर: कमल खत्री/रासस  

माघ २४, २०८०

पाँचथरको फिदिम नगरपालिका–१० मा आयोजित सांस्कृतिक कार्यक्रममा परम्परागत  गहना लगाएर आएकी लिम्बू समुदायका एक वृद्धा । तस्बिर-रासस

माघ २४, २०८०

मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सुविजीमुर मेमोरियल माविमा खेल सप्ताह अन्तर्गत बुधबार डोरी तान्ने खेल खेल्दै विद्यार्थी । तस्बिर- रासस

माघ २४, २०८०

वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको आठौं वालिङ महोत्सवमा प्रदर्शनीमा राखिएको केराका थामबाट बनाइएका हस्तकलाका सामग्री । तस्वीर : तोलाकान्त बगाले/रासस

माघ २४, २०८०

टोड्के धौलागिरि पानोरमा पदमार्गले समेटिएको म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट देखिएको धौलागिरि हिमालको मनोरम दृष्य । तस्बिर -रासस

माघ २३, २०८०

पौडी खेल्ने क्रममा करेन्ट लागेर अचेत भएका युवा सजिलमान शाक्यका परिवारले न्यायको खोजीमा प्रदर्शन गरेका छन् । उक्त घटना लाई लिएर पीडितका, आफन्त र विभिन्न समूहले मंगलवार होटल स्क्वायरअगाडि प्रदर्शन गरेका हुन् ...

माघ २३, २०८०

रुसी सेनामा रहेका नेपालीहरूको उद्धार गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । बेपत्ता भएका नेपालीहरूको अवस्था जानकारी गराई सहयोग गरिदिन रुसी राजदूतावासको ध्यानाकर्षण गराइएको हो । यसअघि&nbs...