×

तस्बिरमा उत्तरगया धाम

असोज ३०, २०८१

नुवाकोट र रसुवाको सङ्गमस्थल पवित्रभूमि उत्तगरगया धाम (वेत्रावती) र यस आसपासमा पर्ने नुवाकोट र रसुवाको उत्तरगया क्षेत्र । हिन्दु धर्मालम्वीको चारधामको शिरको रुपमा उत्तरगया धाम प्रसिद्ध छ । तस्बिर- रासस

असोज ३०, २०८१

मकवानपुरको चित्लाङबाट काठमाडौँ आउँदै गरेको बसको छतमा समेत बसेर जोखिमपूर्ण यात्रा गर्दै यात्रुहरु । दसैँ मनाउन घर गएका सर्वसाधारण काठमाडौँ  फर्किन थालेपछि सवारीसाधनमा यात्रुको चाप बढेको छ । तस्बिर : &nb...

असोज ३०, २०८१

कपिलवस्तुको बहादुरगन्जस्थित झरुवा पोखरीमा फुलेको तलपोतना फूल । तस्बिर: रासस

असोज २९, २०८१

दाङको घोराही उपमहानगरपालिका-१७ स्थित बेलभारका किसान खेतमा धान काट्दै । तस्बिर : रासस

असोज २९, २०८१

वडा दशैंको अवसरमा बर्दियाको बार बर्दिया नगरपालिका वडा नम्बर १० दफैया गाउँमा सखिया नृत्य प्रस्तुत गर्दै थारू समुदायका युवा । तस्वीर : मेनका चौधरी/रासस

असोज २९, २०८१

काठमाडौँ टोखाको खेतमा पाकेर पहेँलपुर भएको धानबाली । यतिबेला काठमाडौँको काठ क्षेत्रका किसानलाई धान भित्र्याउन चटारो छ। तस्बिर :रासस

असोज २९, २०८१

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित मार्खु कुलेखानीमा जलविहार गर्दै आन्तरिक पर्यटक । तस्बिर : रासस

असोज २९, २०८१

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका- ११ नमोबुद्धस्थित नमोबुद्ध स्तुपा दर्शन गर्दै विदेशी पर्यटक । तस्वीर : पेमा लामा/रासस

असोज २९, २०८१

दाङको घोराही उपमहानगरपालिका– ५ धर्ना धारपानीस्थित खेतमा पम्पिङ्ग गरेर सिँचाइ गर्न राखिएको सोलार ।  तस्वीर : रञ्जिता अधिकारी/रासस

असोज २९, २०८१

लमजुङको बेँसीशहरबाट अन्नपूर्ण पदमार्ग हुँदै मनाङ जाँदै गरेका विदेशी पर्यटक। अन्नपूर्ण पदमार्ग जाने पर्यटकको संख्या  बढ्दा बेँसीशहरमा होटल व्यवसाय चलायमान हुन थालेको छ। तस्बिर :रासस

असोज २९, २०८१

दाङको घोराही उपमहानगरपालिका -१८ स्थित घोरदौराबाट मङ्गलबार बिहान देखिएको सूर्योदयको दृश्य । तस्बिर : रासस

असोज २८, २०८१

म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमकोतमा बडादशैंको अवसरमा हालिएको रोटेपिङ खेलेर रमाइलो गर्दै युवा युवतीहरू । ग्रामीण क्षेत्रमा समेत रोटेपिङ बनाउने सीप भएका मानिसहरूको संख्या घट्दो छ ...

असोज २८, २०८१

दाङको घोराही उपमहानगरपालिका- १५ स्थित नेत्रलाल चोकबाट सोमबार देखिएको सूर्यास्तको दृश्य । तस्वीर : कुलदीप न्यौपाने/रासस

असोज २८, २०८१

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका- २ रानीपुरका किसान सोमबार धान थ्रेसिङ गर्दै । अहिले यहाँ किसानलाई धान भित्र्याउने चटारो छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरू/रासस

असोज २८, २०८१

म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ताकमकोत परिसरमा फुलेको मखमली फुल र पृष्ठभूमिमा देखिएको धौलागिरि र गुर्जा हिमालको दृष्य । समुद्री सतहदेखि दुई हजार पाँचसय मिटर उचाइमा रहेको ताकमकोत पर्यटकीयक...

असोज २८, २०८१

​नेपाली महिलातर्फ सानो उमेरमा पहिलोपटक ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुम र पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमान बनाएका निमा रिन्जी शेर्पालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको ...

असोज २८, २०८१

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ का वडाध्यक्ष नवलसिंह रानाले आयआर्जनका लागि पालेका बाख्रा । वडाध्यक्ष रानाले स्थानीय जातका बाख्रा, कुखुरा र लौकाट चरा पालन गरेका छन् । तस्वीर : राजेन्द्रप्रसाद ...

असोज २८, २०८१

जाजरकोटको बारेकोट गाउँपालिका– ४ पाटन क्षेत्रमा रहेको प्रसिद्ध शाइक्वारी तीर्थस्थलभित्र रहेको शंख दह ताल । उक्त ताल समुद्र सतहदेखि चार हजार चार सय २९ मिटर अग्लो ठाउँमा रहेको छ । तस्वीर :&nb...