![६ बुँदे मागसहित माइतीघरमा एमबीबीएस र बीडीएस विद्यार्थीको प्रदर्शन [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Doctor_Protest_at_Maitighar_7_0LUcG2OEDs.jpg)
इन्स्टिच्युट अफ मेडिसिन (आईओएम)का एमबीबीएस तथा बीडीएस अध्ययनरत विद्यार्थीहरूले शैक्षिक सुधारका विभिन्न माग गर्दै माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् ।
विद्यार्थीहरूले १९ वर्षदेखि लागू रहेको पाठ्यक्रम र परीक्षा प्रणाली तत्काल परिवर्तन गर्न, ब्याच ड्रप (Batch Drop) प्रणाली खारेज गर्न तथा परीक्षामा वस्तुगत (Objective) र विषयगत (Subjective) दुवै प्रकारका प्रश्न समावेश गर्न माग गरेका छन् ।
त्यसैगरी, परीक्षाको तालिका व्यावहारिक बनाई पर्याप्त तयारीको समय सुनिश्चित गर्न, परीक्षामा सहभागी हुन पाउने अवसर (Attempts) को संख्या बढाउन तथा विद्यार्थीको मानसिक स्वास्थ्य, समय र भविष्यको सुरक्षा सुनिश्चित गर्न पनि उनीहरूले माग गरेका छन् ।
पहिलो वर्षमा ८ पटक र दोस्रो वर्षमा ६ पटकसम्म परीक्षा दिन पाउने व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ छ । उनीहरूले शैक्षिक प्रणालीमा सुधार गरी विद्यार्थीमैत्री वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।







