१० साउन २०८३, आइतबार

सात बर्षपछि नेपाल औषधी लिमिटेडले माघदेखि सिटामोल लगायत चक्की औषधी उत्पादन गर्ने

पुस १०, २०७४
सात बर्षपछि नेपाल औषधी लिमिटेडले माघदेखि सिटामोल लगायत चक्की औषधी उत्पादन गर्ने

काठमाडौं, १० पुस– सरकारी स्वामित्वमा रहेको नेपाल औषधी लिमिटेडले माघबाट सिटामोल लागायतका चक्की औषधी उत्पादन गर्ने भएको छ । 

उद्योगको औषधी उत्पादन हुने कारखाना विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार जिएमपी मोडलमा बनेसंगै  उद्योगले माघको पहिलो साताबाट चक्की औषधी पुनः उत्पादन गर्ने भएको हो । 

विश्व स्वासथ्य संगठनका अनुसार औषधी उत्पादन गर्ने कक्ष र उपकरणलाई किटाणुरहित तथा हावा छिर्न नसक्ने अवस्थाको बनाउनु पर्ने हुन्छ । उक्त अवस्थालाई जिएमपी मोडल अर्थात असल उत्पादन प्रकृया भनिन्छ  । 

विगत ७ वर्ष अघिदेखी बन्द रहेको चक्की औषधी जिएमपी मोडलको कारखानामा उत्पादन हुने भएको छ । सरकारले  जिएमपी मोडलमा कारखाना क्षेत्र निमार्ण गर्ने नियर्ण गरी  साढे १५ करोड रकम छुट्याएपछि नेपाल औषधी लिमिटेडको औषधी उत्पादनको कारखाना क्षेत्र निमार्ण भएको छ ।

सरकारले पहिलो चरणमा ६ करोड ४८ लाख रकम विनियोजन गरेपछि औषधी उद्योगले पुर्नजीवन पाउन लागेको हो । लिमिटेडले सातमहिना अघि टेन्डर आह्वान गरी असोजबाट चक्की औषधी उत्पादन गर्ने कारखाना निर्माणको काम शुरु भएको लिमिटेडका प्रशासन महाशाखा प्रमुख ज्ञान राइमाझीले लोकान्तरलाई बताए ।

‘चक्की औषधी उत्पादनको लागि जिएमपी मोडलमा निमार्ण भएको कारखानाको निमार्ण कार्य ९० प्रतिशन सम्पन्न भइसकेको छ । अबको १५ दिनमा निमार्ण कार्य सम्पन्न हुन्छ ।’ उनले लोकान्तरसँग भने, ‘कारखाना निर्माण कार्य सम्पन्न भएपछि हामी पहिलो चरणमा उद्योगको बाण्डको रुपमा चिनिएको सिटामोल,आइरन चक्की, जुकाको औषधी लागायत २० प्रकारका चक्की औषधीहरु उत्पादन गछौं ।’

विश्व स्वास्थ्य संगठनले जिएमपी मोडको अवधारणा ल्याएपनि तत्कालिन समयमा औषधी उत्पादन हुने कारखाना जिएमपी मोडलमा निमार्ण गर्ने पुँजी अभावको कारण सात वर्ष अघि उद्योग नै बन्द भएको थियो । 

२०२९ सालमा सरकारी स्वामित्वमा संचालनमा आएको उद्योग जिएमपी मोडलमा जान नसक्दा २०६७ सालमा बन्द भएको थियो । लिमिटेडले जीवनजल भने एकवर्ष अघिबाटै उत्पादन गर्दै आएको छ । 
*फाइल फोटो, लिमिटेडको निरिक्षण गर्दै पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशी 

salt training

कमेन्ट गर्नुहोस्