कात्तिक १९, २०८०
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
पुस १०, २०७४
काठमाडौं, १० पुस– सरकारी स्वामित्वमा रहेको नेपाल औषधी लिमिटेडले माघबाट सिटामोल लागायतका चक्की औषधी उत्पादन गर्ने भएको छ ।
उद्योगको औषधी उत्पादन हुने कारखाना विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार जिएमपी मोडलमा बनेसंगै उद्योगले माघको पहिलो साताबाट चक्की औषधी पुनः उत्पादन गर्ने भएको हो ।
विश्व स्वासथ्य संगठनका अनुसार औषधी उत्पादन गर्ने कक्ष र उपकरणलाई किटाणुरहित तथा हावा छिर्न नसक्ने अवस्थाको बनाउनु पर्ने हुन्छ । उक्त अवस्थालाई जिएमपी मोडल अर्थात असल उत्पादन प्रकृया भनिन्छ ।
विगत ७ वर्ष अघिदेखी बन्द रहेको चक्की औषधी जिएमपी मोडलको कारखानामा उत्पादन हुने भएको छ । सरकारले जिएमपी मोडलमा कारखाना क्षेत्र निमार्ण गर्ने नियर्ण गरी साढे १५ करोड रकम छुट्याएपछि नेपाल औषधी लिमिटेडको औषधी उत्पादनको कारखाना क्षेत्र निमार्ण भएको छ ।
सरकारले पहिलो चरणमा ६ करोड ४८ लाख रकम विनियोजन गरेपछि औषधी उद्योगले पुर्नजीवन पाउन लागेको हो । लिमिटेडले सातमहिना अघि टेन्डर आह्वान गरी असोजबाट चक्की औषधी उत्पादन गर्ने कारखाना निर्माणको काम शुरु भएको लिमिटेडका प्रशासन महाशाखा प्रमुख ज्ञान राइमाझीले लोकान्तरलाई बताए ।
‘चक्की औषधी उत्पादनको लागि जिएमपी मोडलमा निमार्ण भएको कारखानाको निमार्ण कार्य ९० प्रतिशन सम्पन्न भइसकेको छ । अबको १५ दिनमा निमार्ण कार्य सम्पन्न हुन्छ ।’ उनले लोकान्तरसँग भने, ‘कारखाना निर्माण कार्य सम्पन्न भएपछि हामी पहिलो चरणमा उद्योगको बाण्डको रुपमा चिनिएको सिटामोल,आइरन चक्की, जुकाको औषधी लागायत २० प्रकारका चक्की औषधीहरु उत्पादन गछौं ।’
विश्व स्वास्थ्य संगठनले जिएमपी मोडको अवधारणा ल्याएपनि तत्कालिन समयमा औषधी उत्पादन हुने कारखाना जिएमपी मोडलमा निमार्ण गर्ने पुँजी अभावको कारण सात वर्ष अघि उद्योग नै बन्द भएको थियो ।
२०२९ सालमा सरकारी स्वामित्वमा संचालनमा आएको उद्योग जिएमपी मोडलमा जान नसक्दा २०६७ सालमा बन्द भएको थियो । लिमिटेडले जीवनजल भने एकवर्ष अघिबाटै उत्पादन गर्दै आएको छ ।
*फाइल फोटो, लिमिटेडको निरिक्षण गर्दै पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशी
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...