२८ जेठ २०८३, बिहीबार

आईपीएल: सीएसकेले जिते मात्रै प्लेअफ पक्का, आरसीबीलाई जितेर मात्रै पनि नपुग्ने !

जेठ ५, २०८१
काठमाडौं
आईपीएल: सीएसकेले जिते मात्रै प्लेअफ पक्का, आरसीबीलाई जितेर मात्रै पनि नपुग्ने !

इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्दैछ । आजको खेल सीएसकेले जित्यो भने १६ अंकसहित प्लेअफमा पुग्ने छ । राजस्थान पनि १६ अंकसहित दोस्रो नम्बरमा छ । टोलीको एक खेल बाँकी छ । 

यदि राजस्थानले आफ्नो अर्को खेल केकेआरसँग हार्‍यो भने चेन्नई दोस्रो स्थानमा रहनेछ । तर, राजस्थान जित्यो भने चेन्नई चौथो स्थानमा पुग्नेछ। उसले फाइनलमा पुग्न लगातार २ खेल खेल्नुपर्नेछ।

रोयल च्यालेन्जर्स बैंग्लोरको लिग चरणको अन्तिम खेलअघि १२ अंक छ । आरसीबीले चेन्नईलाई हराए पनि शीर्ष ४ मा पुग्ने ग्यारेन्टी छैन । यदि सीएसकेले पहिले ब्याटिङ गरेर २०० रन बनायो भने आरसीबीलाई कम्तिमा १८ रनले रनले जित्नुपर्नेछ। यदि आरसीबीले १७ रन वा कमले जित्यो भने कम नेट रन रेटको आधारमा बाहिरिनेछ ।

यदि आरसीबीले २०० भन्दा बढी रनको लक्ष्य पछ्यायो भने टोलीले ११ बल बाँकी रहँदा लक्ष्य प्राप्त गर्नुपर्नेछ । यदि खेल वर्षाका कारण रद्द भयो भने सीएसके योग्य हुनेछ।

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को समूह चरणका ६७ खेल सकिएका छन् । शुक्रबार भएको खेलमा लखनउ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको हो । १४ अंकसहित, लखनउ प्लेअफमा पुग्न सकेन । पराजयपछि मुम्बई ८ अंकसहित पुछारमा रह्यो ।

salt training

कमेन्ट गर्नुहोस्