२७ जेठ २०८३, बुधबार

राष्ट्रिय सभा बैठक २ घण्टा पछाडि धकेलियो

जेठ ६, २०८१
काठमाडौं
राष्ट्रिय सभा बैठक २ घण्टा पछाडि धकेलियो
फाइल तस्वीर

​​​राष्ट्रिय सभाको बैठक २ घण्टाका लागि सारिएको छ । 

​दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको बैठक २ घण्टा पछाडि धकेलिएको हो ।

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दिउँसो ३ बजेर १५ मिनेटमा बस्नेगरी बैठक तय भएको जानकारी दिए । 

सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समिति गठनका लागि कार्यादेश टुङ्गो लगाउन अहिले सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच छलफल चलिरहेको छ ।​

कार्यादेश टुङ्गो लाग्न नसकेपछि बैठक सारिएको हो ।

यसअघि प्रतिनिधि सभाको बैठक पनि दिउँसो २ बजे बस्ने गरी सारिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्