०८ असार २०८३, सोमबार

कालो हरिणमा के छ जहाँ सलमानको ज्यान फसेको छ ?

कालो हरिणमा के छ जहाँ सलमानको ज्यान फसेको छ ?

सलमान खान तथा कालो हरिणको नाम जब एकसाथ आउँछ तब यसको मतलब हुन्छ अभिनेता मुस्किलमा छन् । 

सलमान खानमाथि राजस्थानको जोधपुरमा दुई कालो हरिणको शिकार गरेको आरोप छ ।
 

घटना सन् १९९८ मो २६ सेप्टम्बरको हो । यसका अलाबा दुई दिन पछि २८ सेप्टेम्बरमा सलमान माथि घोडा फर्मममा एक अर्को हरिणको शिकार गरेको अरोप लाग्यो ।
 
त्यही वर्ष २ अक्टुबरमा विस्नोइ समुदायले सलमान खान विरुद्ध केस दर्ता गरे र दस दिन पछि उनलाई गिरफ्तार गरियो । जमानत मिल्यो । र त्यसबेला देखि नै यो मामला चलिरहेको छ । आज उनलाई दोषी ठहर गरिएको छ । 
तर यो मामला यस कारण चर्चित भएको छ कि यसमा भारतका ठूला अभिनेता सहभागी भएका छन् ?


०००
पहिला कालो हरिणका कुरा–कालो हरिणलाई व्ल्याक बक पनि भनिन्छ यो नेपाल, भारत र पाकिस्तानमा पाइन्छ । 

यो केही क्षेत्रमा सामान्य रुपमा पाइन्छ । जबकी संरक्षित क्षेत्रमा भने बढिरहेको हुन्छ । 

यी जनावरको वस्तीमा लगातार कमी आइरहेको छ । 

कालो हरिणको विशेषता के हो भने समय र अवस्था अनुसार आफूलाई परिवर्तन गर्न सक्छ । तर मानिस, पशुको संख्याका कारण उसमाथि दबाब परिरहेको छ । 

कालो हरिणको शिकार पूर्ण रुपमा प्रतिवन्धित छ । 
सुख्खा क्षेत्रमा पाइने यो हरिणको व्यापक शिकार भएपछि अस्तित्व नै संकटमा परहेको थियो । जसका कारण यसलाई संरक्षण गर्न सुरु गरिएको हो । 

भाले कालो हरिणको वजन आम रुपमा ३५–४५ किलोको हुन्छ । पोथि भने ३१–३९ किलोसम्मको हुने गरेको छ । 

भाले व्याक बल रंग पनि बदल्न सक्छ । मनसुनको अन्तिम सम्ममा भाले हरिणको रंग खास कालो देखिन्छ । तर गर्मिमा यो हल्का हुन्छ र वैशाख तिरको समयमा भने यो खैरो हुन जान्छ । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्