
नयाँ दिल्ली, २४ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बन्धको नयाँ उचाइका लागि आफू भारत भ्रमणमा आएको बताएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग एक्काइसौं शताब्दिको आधारमा नयाँ नमूना सम्बन्ध बनाउन चाहेको बताए ।
प्रधानमन्त्री ओलीले दुइ बर्ष अघि प्रधानमन्त्री मोदी आएपछि हामीले धेरै कुराहरुमा प्रगति गरेका गरेको बताए । उनले सामाजिक आर्थिक विकास मा खुड्किलो पार गरेको बताए ।
नेपालको र भारतको द्विपक्षीय सम्बन्धको बारेमा मोदीले गरेको सम्बोधनको लागि धन्यवाद दिँदै ओलीले मोदीसँग धेरै विषयहरुमा कुरा गरेको बताए ।
प्रधानमन्त्री ओलीले नेपालले संवेदनशील समय पार गरि नयाँ युगमा प्रवेश गरेको भन्दै यो समयमा चाहिएको समर्थन भारतबाट पाएको भन्दै खुसी व्यक्त गरे ।
संवृद्धि दुवै देशको नारा भएको ओलीले बताए । ‘नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्वको साथ हेरेको छ ’ उनले भने,‘दुईवटै देशहरुसँग एक आपसमा बाड्नलाई धेरै कुराहरु रहेका छन् ।’
नेपाल र भारत दुबै पुराना सम्बन्धलाई पुनरावलोकन गर्न सहमत भएको भन्दै ओलीले यसले सम्बन्धलाई नयाँ उचाइमा पुग्न सहयोग पुग्ने बताए ।
भारतले गरेको पछिलो दुई दशक को विकासलाई आफूहरुले नजिकबाट हेरिरहेका बताउँदै ओलीले जलविद्युत योजना र अरु मेगा प्रोजेक्टहरुमा सहयोगको अपेक्षा गरेको बताए ।
‘कनेक्टिभिटी को बारेमा कुरा गर्दा नदी जोड्ने कुरा पनि भएको छ,’ ओलीले भने,‘मोदीजी ले नेपाललाई ल्याण्ड लक्ड होइन रिभर लिंक बनाउने कुरा गर्नुभएको छ, जुन सह्रानीय छ ।’
काठमाडौंबाट भारतसम्म रेलवे बनाउने मोदीजी को कुरालाई सह्राहना गर्न चाहेको ओलीले बताए ।
भूकम्प पछिको पुनर्निर्माण को लागि भारतले गरेको सहयोगका लागि ओलीले मोदीलाई धन्यवाद दिए ।
अन्त्यमा मोदीको नेपाल भ्रमण छिट्टै हुने आशा गरेको ओलीले बताए ।