मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नयाँ दिल्ली, २४ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बन्धको नयाँ उचाइका लागि आफू भारत भ्रमणमा आएको बताएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग एक्काइसौं शताब्दिको आधारमा नयाँ नमूना सम्बन्ध बनाउन चाहेको बताए ।
प्रधानमन्त्री ओलीले दुइ बर्ष अघि प्रधानमन्त्री मोदी आएपछि हामीले धेरै कुराहरुमा प्रगति गरेका गरेको बताए । उनले सामाजिक आर्थिक विकास मा खुड्किलो पार गरेको बताए ।
नेपालको र भारतको द्विपक्षीय सम्बन्धको बारेमा मोदीले गरेको सम्बोधनको लागि धन्यवाद दिँदै ओलीले मोदीसँग धेरै विषयहरुमा कुरा गरेको बताए ।
प्रधानमन्त्री ओलीले नेपालले संवेदनशील समय पार गरि नयाँ युगमा प्रवेश गरेको भन्दै यो समयमा चाहिएको समर्थन भारतबाट पाएको भन्दै खुसी व्यक्त गरे ।
संवृद्धि दुवै देशको नारा भएको ओलीले बताए । ‘नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्वको साथ हेरेको छ ’ उनले भने,‘दुईवटै देशहरुसँग एक आपसमा बाड्नलाई धेरै कुराहरु रहेका छन् ।’
नेपाल र भारत दुबै पुराना सम्बन्धलाई पुनरावलोकन गर्न सहमत भएको भन्दै ओलीले यसले सम्बन्धलाई नयाँ उचाइमा पुग्न सहयोग पुग्ने बताए ।
भारतले गरेको पछिलो दुई दशक को विकासलाई आफूहरुले नजिकबाट हेरिरहेका बताउँदै ओलीले जलविद्युत योजना र अरु मेगा प्रोजेक्टहरुमा सहयोगको अपेक्षा गरेको बताए ।
‘कनेक्टिभिटी को बारेमा कुरा गर्दा नदी जोड्ने कुरा पनि भएको छ,’ ओलीले भने,‘मोदीजी ले नेपाललाई ल्याण्ड लक्ड होइन रिभर लिंक बनाउने कुरा गर्नुभएको छ, जुन सह्रानीय छ ।’
काठमाडौंबाट भारतसम्म रेलवे बनाउने मोदीजी को कुरालाई सह्राहना गर्न चाहेको ओलीले बताए ।
भूकम्प पछिको पुनर्निर्माण को लागि भारतले गरेको सहयोगका लागि ओलीले मोदीलाई धन्यवाद दिए ।
अन्त्यमा मोदीको नेपाल भ्रमण छिट्टै हुने आशा गरेको ओलीले बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...