२९ असार २०८३, सोमबार

क्रिकेट संघ रूपन्देहीमा थापा निर्वाचित, गौचन फेरि पराजित

जेठ २६, २०८३
बुटवल
क्रिकेट संघ रूपन्देहीमा थापा निर्वाचित, गौचन फेरि पराजित

रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा हरि थापा निर्वाचित भएका छन् । सोमबार भैरहवामा भएको संघको पाँचौं अधिवेशनबाट ६९ मत प्राप्त गरी थापा निर्वाचित भएका हुन् । 

थापा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी पूर्वक्रिकेटर शक्ति गौचनले ४९ मत मात्र प्राप्त गरे । 

चार वर्षअघि भएको निर्वाचनमा पनि थापासँगै गौचन पराजित भएका थिए । उपाध्यक्षमा खेमराज भुसाल, सचिवमा उदयकुमार मल्लिक र कोषाध्यक्षमा धीरज अधिकारी क्षत्री निर्वाचित भएका छन् ।  

संघको महिला सदस्यमा उमा अधिकारी र अन्य सदस्यमा प्रशान्तविक्रम मल्ल, निरजप्रताप खाँण, पुनित पोखरेल, मनोज भण्डारी, भुवन पाण्डे, विजयसिंह ज्ञवाली, कृष्णकुमार कुँवर, ज्वालेसप्रसाद प्रधान, अन्तिम थापा र ताराप्रसाद पाठक निर्वाचित भएको मतदान अधिकृत प्रकाश न्यौपानेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्