०८ साउन २०८३, शुक्रबार

आज र भोलि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने

असार २९, २०८३
काठमाडौं
आज र भोलि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने

नेपालमा मनसुनी वायुको प्रभाव तीव्र बनेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सरेर नेपालको तराई भू-भाग नजिक आइपुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

जसका कारण गएरातिदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा पानी परिरहेको छ । राति देशको मध्य र पूर्वी भेगमा मुसलधारे पानी परेको थियो । महाशाखाका अनुसार सुनसरी, उदयपुर, सिन्धुली, नवलपरासी, पाल्पा, सोलुखुम्बु, झापा, मकवानपुर र म्याग्दीलगायत जिल्लामा भारी वर्षा मापन गरिएको छ ।

महाशाखाका अनुसार आज (सोमबार) र भोलि पनि देशका धेरैजसो स्थानमा हल्कादेखि मुसलधारे वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

कोशी, बागमती र गण्डकीका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा चट्याङ्गसहित मध्यमदेखि भारी वर्षाको अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकीको पहाडी भू-भागका थोरै स्थान तथा मधेशलगायत कोशी, बागमती र गण्डकीको तराईका एक–दुई स्थानमा मुसलधारे वर्षा हुनेछ।

मधेश, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्र र कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।


वर्षा बढेसँगै बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्र र होचा भू-भागमा बस्ने नागरिकलाई उच्च सतर्क रहन निर्देशन दिएको छ । बाढी र पहिरोको जोखिम बढेकाले स्थानीय प्रशासनले तटीय र डुबान भइरहने क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

भारी वर्षा र प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि क्षेत्र र सडक यातायात अवरुद्ध हुन सक्ने भन्दै विभागले आवश्यक पूर्वसावधानी अपनाउन अपिल गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्