२५ जेठ २०८३, सोमबार

ओली-मोदी सहमति : काठमाडौंमा दिल्लीको रेल, समुद्रसम्म जलमार्ग !

चैत २४, २०७४
ओली-मोदी सहमति : काठमाडौंमा दिल्लीको रेल, समुद्रसम्म जलमार्ग !

नयाँ दिल्ली, २४ चैत- प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार भएको भेटमा भारतीय रेल्वे लाइनलाई काठमाडौंसँग जोड्ने सहमति भएको छ ।

'काठमाडौंबाट भारत जोड्ने एउटा नयाँ रेल्वेलाइन विकास संयुक्तरूपमा गर्ने सहमति भएको छ,' भारतीय प्रधानमन्त्री मोदीले हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भने ।

प्रधानमन्त्री ओलीले पनि आफ्नो सम्बोधनका क्रममा रेल्वेलाइन विस्तारमा सहमति भएको उल्लेख गरे । 'काठमाडौंबाट भारतसँग रेल्वे जोड्ने मोदीजीको कुरालाई सरहाना गर्न चाहन्छु,' ओलीले भने ।

केरुङबाट काठमाडौंसम्म चिनियाँ रेल आउने चर्चा चलिरहेका बेला भारतमाथि दबाब बढेको थियो ।

इनल्याण्ड वाटर ब्रिज

नेपालबाट समुद्रसम्म कनेक्टिभिटी बढाउने विषयमा पनि ओली र मोदीबीच सहमति भएको छ । यसै सन्दर्भमा दुवै प्रधानमन्त्रीले अब नेपाल ल्याण्डलिंक मात्र नभएर वाटरलिंक पनि हुने उल्लेख गरेका छन् ।

'नेपाललाई समुद्रसम्म एक्स्ट्रा कनेक्टिभिटी उपलब्ध हुनेछ,' संयुक्त पत्रकार सम्मेलनमा मोदीले भने, 'सगरमाथाको देश अब समुद्रसंग सिधा जोडिनेछ ।'

नेपालको सप्तकोशीबाट बंगालको खाडीसम्म जलमार्गको सम्भावना रहेकोबारे यसअघि पनि चर्चा हुँदै आएको थियो ।

पत्रकार सम्मेलनको शुरुवातमा दुवै प्रधानमन्त्रीले संयुक्तरूपमा मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन र वीरगञ्ज-रक्सौल संयुक्त जाँच चौकीको उद्घाटन गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्