१५ असार २०८३, सोमबार

ऋषि धमलाको क्लबमा जाँदै गर्दा पक्राउ परे सिटौला ! (भिडियोसहित)

बैशाख २१, २०७५
ऋषि धमलाको क्लबमा जाँदै गर्दा पक्राउ परे सिटौला ! (भिडियोसहित)

काठमाडौं, २१ वैशाख– सिण्डिकेटको पक्षमा देशव्यापी आमहड्ताल आह्वान गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई प्रहरीले पक्राउ गरेको छ । 

सिटौलालाई काठमाडौंको भृकुटी मण्डपबाट पक्राउ गरिएको हो । 

पत्रकार ऋषि धमलाको रिपोर्टर्स क्लबमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन जाँदै गर्दा सिटौलालाई प्रहरीले पक्राउ गरेको हो । 

सादा पोषाकमा आएका प्रहरीले सिटौलालाई पक्राउ गरेका थिए । सिटौलालाई महानगरिय प्रहरी परिसर टेकुमा राखिएको छ ।

क्लबमा आउनुअघि उनले क्लबका अध्यष ऋषि धमलालाई टेलिफोन गरेर पक्राउ पर्ने सम्भावना भएकाले कार्यक्रममा आउँ कि नआउँ भनेर सोधेका थिए । धमलाले क्लबमा सरकारी निकायका सरोकारवाला पनि साक्षात्कारमा आउने जानकारी दिएर सिटौलालाई बोलाएको रिपोर्टर्स क्लबले जनाएको छ 

गृहमन्त्री रामबहादुर थापाले यातायात अवरुद्ध गर्नेलाई कारबाही गर्ने निर्देशन दिएलगतै प्रहरीले यातायात समितिका पदाधिकारीलाई समात्न सुरु गरेको हो।

प्रहरीले पश्चिम नेपाल बस व्यवसायी संघका महासचिव जीवन बन्जाडे र उपाध्यक्ष पदम गहालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी श्याम ज्ञवालीले जानकारी दिए। यातायात बन्द हुँदा लामोरछोटो दुरीका यात्रु मारमा परेका छन्।

जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै व्यवसायीलाई ऐन अनुसार कारबाही अगाडि बढाउन पत्राचार गरिसकको थियो।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देशभर यातायात सेवा ठप्प पार्ने यातायात समितिका पदाधिकारी र यातायात व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएका थिए । गृहमन्त्रीको निर्देशन बमोजिम नै यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्