×

NMB BANK
NIC ASIA

डा. उपेन्द्रको उपचारबाट पुनर्जीवन पाएका जोशीले भक्कानिंदै भने, ‘भगवान् चमत्कार भैदेओस्’

बैशाख २३, २०७५

NTC
Premier Steels

काठमाडौं २३ वैशाख– आइतवार दिउसो २ बजेको समय । 

Muktinath Bank

काठमाडौंको बाँसबारीमा रहेको न्युरो अस्पतालको तेस्रो तलाको विशिष्ट कक्ष भित्र एकजना पाको मानिस भक्कानिदै रोएको आवाज बाहिरबाटै प्रष्ट सुन्न सकिन्थ्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यो कारुणिक दृष्यले त्यहाँ उपस्थित केही चिकित्सक र सर्वसाधारणको ध्यान आकृष्ट गरेको थियो ।


Advertisment
Nabil box
Kumari

विशिष्ठ कक्षमा नेपालका प्रख्यात स्नायुविशेषज्ञ डा. उपेन्द्र देवकोटा उपचार गराइराखेका छन् । 

Vianet communication

डा. देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिनाथको चन्दन, रुद्राक्ष र प्रसाद लिएर पुगेका थिए बाग्लुङका प्रेमराज जोशी । डा. देवकोटा बेलायतबाट फर्केपछि दोस्रो पटक अस्पतालमा आएका जोशी देवकोटाको कार्यक्षमै भक्कानिएका थिए ।

आफ्नै सामुन्ने भावविह्वल भएको देखेपछि डा. देवकोटा भन्दै थिए : ‘तपाईहरुको आशिर्वाद लागोस् !’ डा. देवकोटालाई भेटनकै लागि जोशी आइतवार चितवनबाट काठमाडौं आएका थिए । 

०००

प्रेमराज जोशी नेपाल सरकारका कर्मचारी हुन् । तत्कालीन जिल्ला विकास समिति काठमाडौंको प्रमुख (एल्डीओ) रहेका बखत, २०६९ सालमा, ब्रेन ट्युमरले उनको आँखा बन्दै हुने अवस्था आइसकेको रहेछ । 

‘पुनर्जीवनको आशासहित चैत्र २७ गते डा. देवकोटामोमा पुगेंको थिएँ, चैत ३० गते डा. देवकोटाको टोलीले नौघण्टा लगाएर मेरो शल्यक्रिया गरेको थियो’ उनले पाँच बर्ष अगाडिको त्यस दिनको स्मरण गरे । 

‘यही अस्पतालमा १९ दिन बसेर पुनर्जीवन पाएँ, उहाँ मेरो भगवान् सरह हो । डा. देवकोटा नभएको भए म यो संसारमा रहने थिइनँ होला’ न्युरो अस्पताल परिसरमा भक्कानिदै जोशीले लोकान्तरसँग भने ।

हाल चितवनस्थित् भरतपुर महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत (सहसचिव) रहेका जोशीले डा. देवकोटालाई भगवान पशुपतिनाथले चमत्कार गरेर बचाउने विश्वास व्यक्त गरे । 

‘उपेन्द्र देवकोटा नभएको भए म बाँच्न सक्ने थिइनँ, उहाँजस्तो डाक्टर पाउन देशले अर्को शताव्दी कुर्नु पर्छ होला’ जोशीले थपे । 

बेलायतमा झण्डै ६ महिना लामो उपचार गराएर गत १५ गते शनिवार नेपाल फर्किएका डा. देवकोटालाई भेट्न आइतवार पनि शुभेच्छुको अस्पतालमा भीड लागेको थियो । कलेजो सम्बन्धी जटिल रोगका कारण डा.  देवकोटा न्युरो अस्पतालमा उपचार गराइरहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x