११ असार २०८३, बिहीबार

डा. उपेन्द्रको उपचारबाट पुनर्जीवन पाएका जोशीले भक्कानिंदै भने, ‘भगवान् चमत्कार भैदेओस्’

बैशाख २३, २०७५
डा. उपेन्द्रको उपचारबाट पुनर्जीवन पाएका जोशीले भक्कानिंदै भने, ‘भगवान् चमत्कार भैदेओस्’

काठमाडौं २३ वैशाख– आइतवार दिउसो २ बजेको समय । 

काठमाडौंको बाँसबारीमा रहेको न्युरो अस्पतालको तेस्रो तलाको विशिष्ट कक्ष भित्र एकजना पाको मानिस भक्कानिदै रोएको आवाज बाहिरबाटै प्रष्ट सुन्न सकिन्थ्यो ।

त्यो कारुणिक दृष्यले त्यहाँ उपस्थित केही चिकित्सक र सर्वसाधारणको ध्यान आकृष्ट गरेको थियो ।

विशिष्ठ कक्षमा नेपालका प्रख्यात स्नायुविशेषज्ञ डा. उपेन्द्र देवकोटा उपचार गराइराखेका छन् । 

डा. देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिनाथको चन्दन, रुद्राक्ष र प्रसाद लिएर पुगेका थिए बाग्लुङका प्रेमराज जोशी । डा. देवकोटा बेलायतबाट फर्केपछि दोस्रो पटक अस्पतालमा आएका जोशी देवकोटाको कार्यक्षमै भक्कानिएका थिए ।

आफ्नै सामुन्ने भावविह्वल भएको देखेपछि डा. देवकोटा भन्दै थिए : ‘तपाईहरुको आशिर्वाद लागोस् !’ डा. देवकोटालाई भेटनकै लागि जोशी आइतवार चितवनबाट काठमाडौं आएका थिए । 

०००

प्रेमराज जोशी नेपाल सरकारका कर्मचारी हुन् । तत्कालीन जिल्ला विकास समिति काठमाडौंको प्रमुख (एल्डीओ) रहेका बखत, २०६९ सालमा, ब्रेन ट्युमरले उनको आँखा बन्दै हुने अवस्था आइसकेको रहेछ । 

‘पुनर्जीवनको आशासहित चैत्र २७ गते डा. देवकोटामोमा पुगेंको थिएँ, चैत ३० गते डा. देवकोटाको टोलीले नौघण्टा लगाएर मेरो शल्यक्रिया गरेको थियो’ उनले पाँच बर्ष अगाडिको त्यस दिनको स्मरण गरे । 

‘यही अस्पतालमा १९ दिन बसेर पुनर्जीवन पाएँ, उहाँ मेरो भगवान् सरह हो । डा. देवकोटा नभएको भए म यो संसारमा रहने थिइनँ होला’ न्युरो अस्पताल परिसरमा भक्कानिदै जोशीले लोकान्तरसँग भने ।

हाल चितवनस्थित् भरतपुर महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत (सहसचिव) रहेका जोशीले डा. देवकोटालाई भगवान पशुपतिनाथले चमत्कार गरेर बचाउने विश्वास व्यक्त गरे । 

‘उपेन्द्र देवकोटा नभएको भए म बाँच्न सक्ने थिइनँ, उहाँजस्तो डाक्टर पाउन देशले अर्को शताव्दी कुर्नु पर्छ होला’ जोशीले थपे । 

बेलायतमा झण्डै ६ महिना लामो उपचार गराएर गत १५ गते शनिवार नेपाल फर्किएका डा. देवकोटालाई भेट्न आइतवार पनि शुभेच्छुको अस्पतालमा भीड लागेको थियो । कलेजो सम्बन्धी जटिल रोगका कारण डा.  देवकोटा न्युरो अस्पतालमा उपचार गराइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्