
विराटनगर, १३ जेठ- साढे ३३ किलो सुन र सनम हत्या काण्डका प्रमुख अभियुक्त चुडामणि उप्रेती गोरेले आफू सुन तस्करीको नाइके नभएको जनाएका छन् ।
मोरङ जिल्ला अदालतमा चार दिन लामो बयानका क्रममा गोरेल आफू सुन काण्डको प्रमुख व्यक्ति नभएको जनाएका छन् ।
बयानमा उनले भनेका छन्, म कुनै नाइके होइन । म भन्दा ठूलो सनम थियो । गोरेले बयानमा अगाडि भनेका छन्, छिरिङले माथिसम्म लाइन मिलाउँछन् । म प्रतिवादी छिरिको लाइनमा बसेर इन्डियन व्यापारीको लागि काम गर्ने सामान्य मानिस मात्र हुँ ।
गोरेले आफ्नो वयानमा प्रहरी सेटिङको नाइको श्याम खत्री भएको जनाएका छन् ।