
विराटनगर, १३ जेठ -साढे ३३ किलो र त्यससँग जोडिएको ३८ क्विन्टल सुन तस्करीमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक एसएसपी श्याम खत्रीको प्रत्यक्ष संलग्नता पाइएको छ ।
सुन तस्करी र सनम शाक्य हत्या काण्डका अभियुक्त चुडामणि उप्रेति गोरेले मोरङ जिल्ला अदालतमा दिएको बयानमा खत्रीले विमानस्थलबाट सुन बाहिर ल्याउँदा माटो रकम लिने गरेको खुलाएका हुन् ।
वयानमा गोरेले भने, श्याम खत्रीले सुन बाहिर निकाले बापत प्रति किलो ५० हजार लिन्थे । आफैंले बुझ्थे । यो लाइनबाट (त्यसरी उनले) चार सय देखि पाँच सय किलो सम्म सुन आएको छ ।
यस हिसावमा एसएसपी खत्रीले सुन तस्करी वापत २ करोड ५० लाख रुपैयाँ गोरेबाट लिएका छन् । खत्री हाल फरार छन् ।