१० साउन २०८३, आइतबार

ओली-प्रचण्डबीच तीन बुँदे सहमति : पाँच प्रदेशमा सरकार बाँडफाँट, मधेश र गण्डकीमा थप छलफल गर्ने

साउन ९, २०८३
काठमाडौं
ओली-प्रचण्डबीच तीन बुँदे सहमति : पाँच प्रदेशमा सरकार बाँडफाँट, मधेश र गण्डकीमा थप छलफल गर्ने

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकार गठन र सहकार्यका विषयमा सहमति भएको छ।

शनिबार दिउँसो भएको सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्।

सहमतिपत्रमा कोशी, बागमती र लुम्बिनी प्रदेशको सरकारको नेतृत्व एमालेले गर्ने उल्लेख छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमतिपत्रमा उल्लेख छ ।

मधेश र गण्डकी प्रदेशमा भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति भएको छ।

पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेटविहीन अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धाको अन्त्य गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्यले सहमति गरिएको सहमतिपत्रमा उल्लेख छ।

null

salt training

कमेन्ट गर्नुहोस्