१० साउन २०८३, आइतबार

केपी ओलीले उद्‌घाटन गरेको नागढुंगा सुरुङमार्गको शिलालेख किन हटाइयो? यस्तो छ वास्तविकता

साउन १०, २०८३
काठमाडौं
केपी ओलीले उद्‌घाटन गरेको नागढुंगा सुरुङमार्गको शिलालेख किन हटाइयो? यस्तो छ वास्तविकता
फाइल फोटो

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको नागढुंगा सुरुङमार्गको शिलालेख हटाइएको विषय सामाजिक सञ्जालमा चर्चामा छ । सन् २०१९ मा ओलीले नागढुंगा सुरुङमार्गको शिलान्यास गरेका थिए ।

काठमाडौं र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङमार्गको सोमबार उद्‌घाटन हुँदैछ । करिब २९ अर्ब रूपैयाँ लगानीमा बनाइएको यो सुरुङ शिलान्यासको ७ वर्षपछि उद्‌घाटन गर्न लागिएको हो ।

तर, उद्‌घाटनको सँघारमा ओलीले शिलान्यास गरेको शिलालेख हटाइएको भन्दै सामाजिक सञ्जालमा चर्चा बढेको हो ।

null

आयोजनाका अनुसार शिलान्यासपछि शिलापत्र राखिएको ठाउँमा नयाँ संरचना निर्माण गर्नुपर्ने भएकाले उक्त शिलापत्र सडक विभागको वैदेशिक महाशाखामा राखिएको थियो ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनमा विभागको भवनमा पनि आगजनी भएको थियो । भवनसँगै उक्त शिलापत्र पनि जलेको दाबी आयोजनाको छ ।

अहिलेसम्म शिलान्यास गरिएको शिलापत्र नभेटिएकोले नयाँ राख्ने अथवा नराख्ने विषयमा कुनै जानकारी नभएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका सूचना अधिकारी सञ्जय पन्थीले जानकारी दिए ।

विभागको भवनभित्रै राखिएको शिलापत्र भवन ध्वस्त भएपछि नभेटिएको र अहिले ठ्याक्कै पछि बनाएर राख्ने/नराख्ने जानकारी नभएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्