माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
नेपाल भ्रमणमा रहेकी चर्चित भारतीय अभिनेत्री जुही चावलाले केही दिनअघि नाक छोपेको तस्वीर सामाजिक सञ्जालमा राख्दै लेखिन्–‘काठमाडौंमा हामी कार पर्खिरहेको बेला कति धेरै धूलो, कति धेरै सवारी, पेट्रोल र डिजेलको धुवाँ कति धेरै आकाशमा ! हामीले अनुहार ढाक्नु परेको छ । यहाँका मानिसहरू हरेक दिन सर्जिकल मास्क लगाएर हिँड्छन् ।’
सामाजिक सञ्जाल ट्वीटरमा उनलाई प्रतिक्रिया दिइयो– ‘दिल्ली भन्दा त काठमाडौं सफा !’ यसअघि बौद्धलगायत काठमाडौं उपत्यकाका सम्पदाको वर्णन गरेर ट्वीट गरेकी जुहीको पछिल्लो ट्वीटले काठमाडौंको प्रदूषणबारे व्यङ्ग्य गरेको थियो । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको योजनामा जुहीको ट्वीट बाधक बने पनि उनले काठमाडौंको यथार्थता उजागर गरेकी छिन् ।
पानी पर्यो भने हिलाम्मे र घाम लाग्यो भने धूलोको कुइरीमण्डल काठमााडौंको विशेषता बनेको छ । काठमाडौंको भयाभह प्रदूषणबारे सामाजिक सञ्जालमा दैनिकजसो सयौं पोष्ट भइरहेका छन् । चाबहिल बौद्ध क्षेत्रका सर्वसाधारण त्यहाँको सडकको दूरावस्ता हेरेर सरकारलाई सरापिरहेका छन् । उनीहरूले उच्च ओहोदाका विदेशी पर्यटक बौद्ध आऊन् भनेर पुकारिरहेका छन् । नेपालमा पानीजहाज चलाउने भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ र हिलाम्मे सडकप्रति व्यङ्ग्य गर्दै एक सांसदले बैठकमै भने– ‘हामी त प्रत्येक दिन १५ रूपैयाँको पानीजहाज चढेर संसद् बैठकमा आउछौं ।’
सरकारले काठमाडौंका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको विरोधमा कांग्रेस सांसद बालकृष्ण खाँणले १२ असारमा सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले सदनमा भनेका थिए– ‘सरकारले जायज माग र विरोध आँखा खोलेर हेर्छ, कान खोलेर सुन्छ र दिमाग खोलेर मनन गर्छ ।’ विडम्बना! विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा चर्चा हुने गरेको काठमाडौंका सडकको दूरावस्थाबारे सरकार सुन्दैन । देशको राजधानीको भयाभह प्रदूषणबारे भारतीय नायिकाले लेखेपछि मात्र तरङ्ग सृजना हुन्छ ।
पक्कै पनि काठमाडौंभन्दा भारतका धेरै शहर कयौंगुणा प्रदुषित छन् । राजधानी दिल्लीमा सार्वजनिक बिदा दिनुपर्ने अवस्था सृजना भयो । प्राकृतिक अनुकूलताले गर्दा त्यो अवस्था काठमाडौंमा आइसकेको छैन्, तर यहाँको प्रदूषण पनि सीमाभन्दा माथि पुग्दैछ । कुनै विदेशीले हाम्रो राजधानीको दूरावस्थाबारे टिप्पणी गर्दा राष्ट्रवादी भावनामा ठेस पुग्छ, तर वास्तविकता त यही हो ।
काठमाडौंको सडकको धूलोले वातानुकूलित पजेरोमा हिँड्नेहरूलाई असर नगर्ला, तर यसले आमजनतालाई बिरामी बनाइरहेको छ । सडकमा काम गर्ने ट्राफिक प्रहरी र मजदूर यसको मारमा छन् । धूलोमा निसास्सिएका एक जना प्रहरीले आफ्ना हाकिमलाई ‘बरु जनयुद्धमा मारिएको भए हुन्थ्यो, अहिले दिनदिनै मरिरहेको छु,’ भनेर रोदन सुनाएका थिए । श्रीमतीहरू चिन्तित् हुन्छन् भनेर ट्राफिक प्रहरीले आफ्ना पोशाक कार्यालयमै धुने गरेको कुरा पनि बाहिर आइसकेको हो ।
धूलो नियन्त्रण गर्नका लागि कुनै वैज्ञानिक आविष्कार गर्नु पर्ने थिएन । सडक निर्माणको काम समयमै पूरा गर्ने, धूलो नियन्त्रण गर्ने निकायलाई प्रभावकारी रूपमा परिचालन गरे त जुहीहरूले मास्क लगाएर कुनै देशको राजधानीलाई बदनाम गराउने खालको तस्वीर राख्नुपर्ने थिएन नि ! ओली सरकार यति सानो काम किन गर्दैन ?
सत्तारुढ दलकै सांसदलाई गिज्याउने महंगी !
हुन त महंगी बढ्यो भनेर सांसदले प्रश्न सोधे प्रधानमन्त्रीबाट सिधै जवाफ आउँछ– ‘हाम्रो पालामा ५० पैसा माना घ्यू थियो !’ प्रधानमन्त्रीको तहबाट यस किसिमको गैरजिम्मेवार जवाफको अपेक्षा पटक्कै गरिएको थिएन । विपक्षी सांसदलाई झटारो हान्दा सत्ता पक्षका सांस्दहरूलाई रमाइलो त लाग्यो होला, तर श्रम गरेर जीविका गुजारा गर्नेहरूलाई यो जवाफले खिन्न बनाएको हुनुपर्छ । विपक्षी सांसदलाई झटारो हान्ने नाममा प्रमले बजारमा भइरहेको कृतिम मूल्य वृद्धिलाई प्रोत्साहन गरेजस्तो सुनियो ।
अस्वभाविक मूल्यवृद्धि र कृतिम अभावका कारण न्यूनमध्यम वर्ग अस्वभाविक मूल्यवृद्धिबाट आक्रान्त छ । गएको मंसिरमा राजनीतिक दललाई चन्दा दिनुपर्ने भन्दै गरेको मूल्य वृद्धिलाई व्यापारीले स्थायी बनाइदिएका छन् ।
विपक्षी दलका सांसद मात्र होइन समाजवाद स्थापनको लक्ष्य लिएको वामपन्थी गठबन्धनका सांसदहरू नै मूल्यवृद्धिले आफूहरूलाई गिज्याइरहेको बताउन थालेका छन् । १७ असारमा प्रतिनिधिसभाको बैठकमै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले महंगीको विरोध जनाए । नेकपाका सांसद खगराज अधिकारीले महंगीले आफूहरूलाई गिज्याइरहेको बताएका थिए ।
भर्खरै एसईईको नतिजा सार्वजनिक भएको छ । विद्यार्थी भर्नाको समय शुरु भएको छ । भर्नाका नाममा निनी कलेजहरूले मनलाग्दी शुल्क असुलिरहेका छन् । नियमनकारी सरकारी निकायहरू निष्प्रभावी छन् । अविभावकहरू लुटिएका छन् । शिक्षा र स्वास्थ्यजस्तो आधरभूत क्षेत्रमा भइरहेको लूटप्रति सरकारी निकाय बेखबर छन् । के ओली सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराले मात्र हुन्छ र ?
आश्वासनका लागि 'गिनिजबुकमा रेकर्ड' !
केपी ओली प्रधानमन्त्री बनेको १३८ दिन पुगेको छ । ओली सरकारले गरेका शुरुवाती कामहरूको चौतर्फी प्रसंशा भएको थियो । सरकारको दह्रो अडानका कारण यातायात क्षेत्रको एकाधिकार (सिन्डिकेट) तोडियो, भलै कागजमा तोडिएको सिन्डिकेटको अवशेष बाँकी होलान् । सुन तस्करीको जालो तोडियो । वैदेशिक रोजगारीको क्षेत्रमा भएको ठगीमा केही कमी आयो ।
यसबीचमा सरकारले केही गर्न खोजेजस्तो पनि देखिन्छ र कतै गतिहीन जस्तो पनि देखिन्छ । प्रदेशसभाका बैठकहरूमा प्रधामनन्त्री ओलीका सम्बोधन सुन्दा सरकारले निटक भविष्यमै चमत्कार गर्न लागेको हो कि भन्ने प्रतित हुन्छ । कतिपय सरकारले गर्न नपर्ने काम गरेको छ । माइतीघर मण्डलामा आएर विरोध गर्दैमा कसैको तुष्टि पूरा हुन्छ भने किन रोक्ने ? माइतीघरमा हुने विरोधले रक्सौल या केरुङबाट रेल आउन रोक्छ र ? यस्ता कामले सरकारलाई अनावश्यक विवादमा तान्ने काम मात्र भइरहेको छ ।
दुईतिहाइभन्दा बलियो सरकारसंग जनताका धेरै अपेक्षा थिए, जुनकुरा वामपन्थी दलहरूले चुनावी घोषणा पत्रमार्फत् जनतालाई आश्वासन दिएका थिए । किन्तु ओली सरकार गठन भएको झण्डै ५ महिना पुग्न लागिसक्दा पनि आम सर्वसाधारणले सरकार फेरिएको महसुस गर्न पाएका छैनन् । सरकारी कार्यालयमा कमिसन र घुसखोरी रोकिएको छैन् । धुर्मुस–सुन्तलीले रंग लगाइदिए पनि सरकारी अस्पतालको अवस्था सुध्रिएको छैन । सारमा भन्नु पर्दा समस्या ज्यूँकात्यूँ छन् ।
प्रधानमन्त्री ओलीबाट छिमेकी राष्ट्रको भ्रमण पूरा भएको छ । दुवैतिरबाट नेपालमा रेल ल्याउने आश्वासन प्राप्त भएको छ । गाउँ शहरमा बेरोजगारहरूलाई गफ गरेर समय काट्ने मेलो बनेको छ– रेल ।
देशको प्रधानमन्त्री गतिशील बन्नैपर्छ र उसले सपना देखाउनुपर्छ । ‘कुराले च्यूरा भिज्दैन’ भन्ने स्व. मदन भण्डारीको भनाइ एमालेको पृष्ठभूमिका नेताहरूले पक्कै बिर्सेका छैनन् होला ! प्रधामनन्त्री ओलीबाट विभिन्न मञ्चमा व्यक्त भएका प्रतिवद्धता र आश्वासन पूरा गरे मात्र वर्तमान सरकारको ५ वर्षे कार्यकाल स्वर्णिम बन्ने थियो ।
सोमवार संसदको बैठकमा कांग्रेस सांसद प्रकाश रसाइलीले ओली सरकारप्रति तिखो व्यङ्ग्य प्रहार गरे – ‘गाडीको पानीजहाज चढ्ने बेलामा सर्वसाधारण भन्छन्, यो सरकारले गफ दिने, उखानटुक्का हाल्ने र गाउँखाने कथा हाल्ने मामिलामा गिनिजबुकमा नाम लेखायो !’
सरकारको विरोध गर्नु विपक्षीको धर्म हो । काम गर्नका लागि प्रधानमन्त्रीका लागि अनुकूल समय छ । जनमत आर्थिक विकास र समृद्धिको पक्षमा छ । विकासको विरोध गर्ने दल जनतावाट तिरस्कृत हुने खतरा छ ।
राजनीतिकरूपमा पनि सरकार बलियो अवस्थामा छ । ओलीलाई संसदमा दुई तिहाइ बहुमत छ । सरकार बलियो र प्रतिपक्षी निरीह छ । दुवै छिमेकी दाहिना छन् । यस्तो बेला काम नगरे कहिले गर्ने ?
दुईतिहाइ बहुमतको वर्तमान सरकार असफल भयो भने निश्चित छ, नेपालमा कम्युनिस्ट पार्टीको ओरालो यात्रा शुरु हुनेछ र कम्युनिस्टहरूले देश बनाउँदैनन् भन्नेलाई बल पुग्नेछ ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...