०९ असार २०८३, मंगलबार

जुम्लामा घमासान : गोविन्द केसी विद्यार्थीको घेरामा, सरकारी टोलीलाई निषेध

साउन ३, २०७५
जुम्लामा घमासान : गोविन्द केसी विद्यार्थीको घेरामा, सरकारी टोलीलाई निषेध

सुर्खेत– २० दिनदेखि जुम्लामा आमरण अनशनरत त्रिवि शिक्षण अस्पताल महाराजगंजका प्रा. डा. गोविन्द केसीले काठमाडौं आउन अस्वीकार गरेका छन् ।

सरकारले आफूलाई अपहरण गरेर काठमाडौं लैजान खोजेको उनको आरोप छ । सर्मथक तथा पत्रकारसंगको कुराकानीमा डा. केसीले भने, ‘मलाई अपहरण गरेर काठमाडौं लैजाने प्रयास भइरहेको छ । सरकार हाम्रो अभियान तुहाउने प्रयत्न गर्दैछ भन्ने सुन्नमा आएको छ ।’

कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई काठमाडौं ल्याउनका लागि सरकारले बिहीबार बिहान हेलिकप्टर जुम्ला ठाएको छ । 

यसैबीच, डा. केसीलाई काठमाडौं ल्याउनका लागि गएको टोली र सुरक्षाकर्मी डा. केसी अनशन बसेको स्थानसम्म पुग्न सकेका छैनन् । स्थानीय सर्वसाधारण, महिला सञ्जाल, विद्यार्थीलगायत डा. केसीका समर्थकको अवरोधका कारण काठमाडौंबाट गएको टोली अनशन स्थलसम्म पुग्न नसकेको हो । अनशनस्थल वरिपरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्