
सुर्खेत – जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीलाई काठमाडौं लैजान भीडलाई तितरबितर पारेर प्रहरी अस्पताभित्र प्रवेश गरेको छ ।
डाक्टर केसीलाई पहरा दिएर बसेको विद्यार्थीहरूको भीडलाई तितरबितर पारेर प्रहरी अनशनस्थलमा प्रवेश गरेको हो।
केसीलाई हेलिकप्टरमा राखेर केही बेरमा काठमाडौं लैजाने तयारी भइरहेको छ ।
आफूलाई पहरा दिएर बसेका विद्यार्थीले प्रहरीको लाठी खाएपछि डा. केसी पनि काठमाडौं जान तयार भएको बताइएको छ ।
प्रहरीको लाठीचार्जबाट केसीका केही समर्थक घाइते भएका छन् ।