१० असार २०८३, बुधबार

जुम्लावासीले माला लगाइदिएर डा. केसीलाई काठमाडौं पठाए

जुम्लावासीले माला लगाइदिएर डा. केसीलाई काठमाडौं पठाए

जुम्ला– जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा. गोविन्द केसी थप उपचारका लागि काठमाडौं लगिएको छ । 
 
केही बेरअघि अस्पताल प्रशासनमा सरकारी पक्ष र डा केसीपक्षधरबीच वार्ता भएको थियो । 

प्रशासनले केसीलाई बल प्रयोग गरेर भएपनि काठमाडौं लैजाने संकेत गरेपछि डा. केसी सरकारी हेलिकप्टर चढेरै काठमाडौं जान तयार भएका हुन् । 

विहीवार मध्यान्ह समर्थकमाथि प्रहरीले बल प्रयोग गरेपछि डा केसी काठमाडौं जान तयार भएका थिए । तर उनले सरकारी हेलिकप्टरमा नजाने अडान लिएका थिए । 

डा. केसीलाई उनका समर्थकले मला लगाएर बिदा गरेका छन् । 

तस्वीर-सामाजिक सञ्जाल
 

salt training

कमेन्ट गर्नुहोस्