×

NMB BANK
NIC ASIA

मेलम्चीबाट भाग्न खोज्ने सीएमसी संसारभर बदनाम कम्पनी, टाट पल्टियौं भन्दै इटालीको अदालतमा निवेदन

पुस ३, २०७५

NTC
Photo Credit : RavennaToday
Premier Steels

काठमाडौं –राष्ट्रिय गौरवकोमेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार इटालेली कम्पनी कोअपरेतिभा मुरातोरी एन्ड सिमेन्तिस्ती (सीएमसी) दी रभेन्ना टाट पलिटने स्थितिमा रहेको कम्पनी हो । उक्त कम्पनीले आफू टाट पल्टिने स्थिति रहेको अवगत गराउँदै इटालीको एक अदालतमा निवेदन समेत दिएको छ ।

Muktinath Bank

सीएमसीले संसारका धेरै देशमा निर्माण कार्यहरूको ठेक्का लिएको छ । ती मध्ये अधिकांश देशमा विवाद पनि निम्त्याएको देखिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इटालीमै पनि सीएमसी फर्जी चलानी बनाएर लाखौं युरोको घोटाला गर्ने कम्पनीहरूको समूहमा रहेको खबरहरू छापिएका छन् । उसले माफियाको पैसा चलाएको खबर रोयटर्स समाचार संस्थाले छापेको छ । 


Advertisment
Nabil box
Kumari

युगाान्डाको राजधानी कम्पालामा द्रुतमार्गको ठेक्का पाएको सीएमसीले सञ्चालन पूँजी ल्याउन नसकेर समयमै काम नसकेको खबर पनि भेटिएको छ । 

Vianet communication

केन्याको इटारे बाँध निर्माणलाई मजदूरहरूलाई उचित तलब नदिएको भन्दै विरोध प्रदर्शन भएपछि सीएमसीले ६०० कामदारलाई यसै वर्षको फेब्रुअरी महिनामा निकालेको थियो । 

यसै वर्षको पहिलो ६ महिनामा सीएमसीमा ऋणको मात्रा चर्को रूपमा बढेपछि लगानीकर्ताहरूले उसको तरलता अवस्थाका बारेमा प्रश्न उठाउन थालेका थिए । 

सीएमसीमा तरलताको अभाव देखिएको छ । टाट पल्टिने स्थितिमा पुगेपछि कम्पनी आफैं र यसका ६९ सयजना कर्मचारीको भविष्य नै अन्योलमा रहेको छ । 

एक वर्षअघि ५० करोड युरो ऋणपत्र (बोन्ड) मा जारी गरेको सीएमसीले एक महिनाअघि त्यसको भरपाई गर्न नसक्ने घोषणा गरेको थियो । त्यो भरपाई गत शनिवारसम्म गरिसक्नुपर्नेमा नसकेपछि सीएमसी टाट पल्टिने स्थितिमा पुगेको हो । 

बोन्डको वरीयता निर्धारण गर्ने मूडीज एजेन्सीले सीएमसीको रेटिङ घटुवा गरेर बी३ मा पु¥याएपछि यो कम्पनीको आर्थिक स्थिति कमजोर रहेको देखिएको हो । 

मेलम्ची खानेपानीको काम निकै सुस्त गतिमा अघि बढिरहेको भए पनि यसैवर्ष यो सम्पन्न हुने आशा गरिएको थियो । तर ठेकेदार कम्पनी सीएमसीले आफ्नो आर्थिक समस्यालाई कारण सम्झौता रद्द गर्ने पत्र बुझाएपछि मेलम्चीको भविष्य अन्योलमा परेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x