२७ असार २०८३, शनिबार

सरकारी निकायबाट एकै दिन अचम्मका तीन गल्ती (हेर्नुस् गल्तीका फेहरिस्त)

सरकारी निकायबाट एकै दिन अचम्मका तीन गल्ती (हेर्नुस् गल्तीका फेहरिस्त)

काठमाडौं– एकैदिन तीन सरकारी निकायले जारी गरेको सूचना तथा विज्ञप्तिमा गम्भीर खालका गल्ती देखा परेको छ । 

बुधबार बिहान गोरखापत्र दैनिकले निकालेको बस्तुगत प्रश्नोत्तरमा गम्भीर त्रुटी देखियो भने परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्ति त झन् देशकै बेइज्जत गर्ने खालको थियो । 

यस्तै अर्को सरकारी निकाय यातायात व्यवस्था कार्यालयले पनि उस्तै गल्ती दोहोर्याएको छ । 

गोरखापत्र दैनिकले निकालेको बस्तुगत प्रश्नोत्तरको २१ नम्बरमा थाइल्याण्डमा सम्पन्न शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसीप नेपालका महेश्वर महर्जनले जितेको उल्लेख छ  । यो सही नै भएपनि प्रतियोगितामा विक्रम बराल फस्ट रनरअप, सुमित पाठक सेकेण्ड रनरअप र अस्मिता अधिकारी थर्ड रनरअप भएको उल्लेख गरिएको छ । जवकी विक्रम, सुमित र अस्मिता नेपाल आइडलका प्रतियोगि हुन् । 

यस्तै इन्डोनेसियामा भएको ज्वालामुखी विस्फोटको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई सन्देश पठाएको भन्दै परराष्ट्र मन्त्रालयले गम्भीर विज्ञप्ति निकाल्यो । भलै चौतर्फी आलोचना हुँदै गर्दा मन्त्रालयले गल्ती हुन पुगेका भन्दै माफी मागेको छ । 

यता यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र बागमती कार्यालयले पनि त्यस्तै गलत सूचना निकालेको पाइएको छ । सर्भरको लिंकमा समस्या आएकाले सेवा अवरुद्ध हुन पुगेका हुनुपर्नेमा कार्यालयको सूचनामा लिङ्ग’ शब्द उल्लेख भएको छ । 

यसो त मंगलबार नै राष्ट्रपति विद्यादेवी भण्डारीको ट्वीटको विषयमा विज्ञप्ति निकालिएको भन्दै सामाजिक सञ्जालमा अझैं अनेकन टिकाटिप्पणी भइरहेको छ । 

एकैदिन एकपछि अर्को गल्ती सरकारी निकायबाट हुनु अचम्मकै संयोग मान्नुपर्छ ।

salt training

कमेन्ट गर्नुहोस्