३१ जेठ २०८३, आइतबार

'शव संकलन गर्न आएको हेलिकप्टर 'ल्याण्ड' हुन सकेन, आकाशमै फन्को मारेर गयो...'

फागुन १५, २०७५
'शव संकलन गर्न आएको हेलिकप्टर 'ल्याण्ड' हुन सकेन, आकाशमै फन्को मारेर गयो...'

काठमाडौँ - हेलिकप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

शव संकलन गरेर काठमाडौं ल्याउन दुर्घटनास्थलतर्फ गएका हेलिकप्टर ल्याण्ड हुन नसकेको प्रत्यक्षदर्शी जगत कार्कीले बताएका छन् ।

प्रत्यक्षदर्शी कार्कीका अनुसार हेलिकप्टर जमिनमा ल्याण्ड गर्न नसकेर आकाशमै फन्को मारिरहेको छ । दुर्घटनास्थलमा लागेको बाक्लो कुहिरो अझैसम्म पनि नहटेको कार्कीले बताए ।

'एउटा हेलिकप्टर आएर ल्याण्ड गर्न खोजेको थियो । बाक्लो कुहिरोका कारण ल्याण्ड गर्ने सकेन, त्यसपछि आकाशबाटै फन्को मारेर गयो,' प्रत्यक्ष्यदर्शी कार्कीले लोकान्तरसँग भने ।

हेलिकप्टरमार्फत् मृतकका शव काठमाडौं ल्याउने तयारी भएता पनि हेलिकप्टर बस्न नसक्दा दुर्घटनास्थलमा शव यत्तिकै रहेका छन् ।

शव काठमाडौं ल्याउनका लागि डाइनेष्टी एयर र सिम्रिक एयरको हेलिकप्टर सुकेटार विमानस्थलमा १५:५५ बजे ल्याण्ड भएको र नेपाली सेनाको थप २ वटा हेलिकप्टर दुर्घटनास्थलतर्फ उडेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्