०८ असार २०८३, सोमबार

मन्त्रिपरिषद्को आकस्मिक बैठक सकियो, भोलि राष्ट्रिय शोकको घोषणा

फागुन १५, २०७५
मन्त्रिपरिषद्को आकस्मिक बैठक सकियो, भोलि राष्ट्रिय शोकको घोषणा

काठमाडौँ-बुधवार दिउँसो अकस्मात बसेको मन्त्रिपरिषदको बैठकले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर दुखद मृत्यु भएका सांस्कृतिक, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी र अन्य थप ६ जनाको स्मरणमा भोलि (विहीवार)लाई राष्ट्रिय शोकको रूपमा मनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठक सकिएलगत्तै गृहमन्त्री रामबहादुर थापाले निर्णय सार्वजनिक गर्दै भोलि सरकारी कार्यालयमा झण्डा आधा झुकाइने बताए । 'मन्त्रिपरिषद बैठकले फागुन १६ गते सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्थामा सार्वजनिक विदा दिने घोषणा गरेको छ,' थापाले भने । साथसाथै मन्त्रिपरिषद बैठकले मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय गरेको छ ।

दुर्घटनाको सन्दर्भमा दुर्घटना जाँच नियमावली बमोजिम ४ सदस्यीय जाँच आयोग गठन गरिएको मन्त्री थापाले बताए । हेलिकप्टर दुर्घटनाको छानबिन गर्न बनेको जाँच आयोगमा योग्य प्रसाद गौतमको अध्यक्षतामा दीपक बास्तोला, प्रमोद लामा र  बुद्धिसागर लामिछाने सदस्य रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्