३० जेठ २०८३, शनिबार

मन्त्री अधिकारीको निधनमा गण्डकी प्रदेश प्रमुखद्वारा दुःख व्यक्त

फागुन १५, २०७५
मन्त्री अधिकारीको निधनमा गण्डकी प्रदेश प्रमुखद्वारा दुःख व्यक्त

पोखरा– गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख कुँवरले शोक वक्तव्य जारी गर्दै ताप्लेजुङमा आज दिउँसो भएको हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री अधिकारीसहित सबैको आत्माको चिरशान्तिको कामना गर्नुभएको छ । 

शोक वक्तव्यमा शोकाकुल परिवारजन, आफन्त, इष्टमित्रप्रति समवेदना व्यक्त गर्दै ईश्वरले धैर्यधारण गर्नसक्ने शक्ति प्रदान गरुन् भन्ने उहाँले कामना गर्नुभएको छ । प्रमुख कुँवरले घटनामा तदारुकताका साथ उद्धारमा खटिने सुरक्षाकर्मी, स्थानीय बासिन्दा सबैलाई धन्यवादसमेत दिनुभएको छ । 

salt training

कमेन्ट गर्नुहोस्