काठमाडौँ - इतिहासदेखि नै प्रगाढ सम्बन्ध रहीआएका दुई छिमेकी देश नेपाल-चीनबीच उच्चस्तरीय भ्रमण आदान प्रदान हुने क्रममा शनिवार चिनियाँ राष्ट्रपति शी जिनपिङ नेपाल आउँदैछन् ।
शीको आसन्न नेपाल भ्रमणले नेपाल मात्र नभएर अन्तर्राष्ट्रिय चर्चा बटुलेको छ । यसभन्दा अघि पनि नेपाल-चीनबीच हुने उच्चस्तरीय भ्रमणले यस्तै चर्चा बटुल्ने गरेको थियो ।
तस्वीरमा हेर्नुहोस् -

सन् २०१९ मा सी चिनफिङ र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

सन् २०१८ मा सी चिनफिङ र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

सन् २०१७ मा सी चिनफिङ र पूर्वप्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
सन् १९७८ मा तङ स्याउ फिङद्वारा नेपालको भ्रमण
सन् १९६१ मा माउ च तोङ र नेपालका तत्कालीन राजा महेन्द्रबीच चीनमा भएको भेटवार्ता
सन् १९६० मा चाउ एनलाइ र तत्कालीन प्रधानमन्त्री बी.पी. कोइरालाद्वारा चीन-नेपाल शान्ति मैत्री सन्धिमा हस्ताक्षर
तस्वीर - चाइना मिडिया ग्रुप, नेपाली सेवा, बेइजिङ