/* Sketch */
×

चौबाटोमा यो के बिजोग ?

कोभिड– १९ नाम दिइएको कोरोना महामारीबाट जोगिन सर्वसाधारण नागरिकले हात धुन पाऊन् भनेर एक वर्ष पहिले महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सक्रियतामा काठमाडौं उपत्यकाका ठाउँ–ठाउँमा पानी ट्याङ्की राखियो । सर्वसाधारणको भीडभाड हुने चोक र अस्पताल अगाडिका ठाउँमा ठूला ट्याङ्की राख्न विभिन्न कर्पोरेट हाउसले सहयोग गरे । कोरोनाको सन्त्रास बाँकी नै छ, एकवर्ष पुग्दा नपुग्दै सार्वजनिक स्थानमा राखिएका ट्याङ्कीमा पानी छैन । ट्याङ्कीका धारा हराएका छन्, तर पनि ती ट्याङ्की अलपत्र र वेबारिसे ढंगले छाडिएका छन् । अलपत्र रूपमा सडकको छेवैमा राखिएका यी ट्याङ्कीका कारण सवारी आवागमनमा समेत बाधा पुगेको छ । धाराको टुटी नभएका यी ट्याङ्कीलाई यस्तै अलपत्र छाड्ने कि व्यवस्थापन गर्ने ? सर्वसाधारणको भलाइका लागि राखिएका यस्ता सम्पत्तिको संरक्षण कसले गर्ने ? ललितपुरको लगनखेलस्थित पाटन अस्पतालअगाडि सार्वजनिक स्थानमा राखिएको पानी ट्याङ्कीको धारा चोर्ने कस्ता नागरिक ? कहिले सिक्ने हामीले सभ्य बन्न ?

कमेन्ट गर्नुहोस्