/* Sketch */
×

पहिले

फेरियो विद्युत् प्राधिकरणलाई 'गिज्याउने बोर्ड'

यो साइनबोर्ड हेर्नुस् त । यसमा नेपालका सरकारी कार्यालयको प्रतिविम्ब झल्किन्छ । राजधानी काठमाडौंको मुटु रत्नपार्कनजिक रहेको प्राधिकरणको केन्द्रीय कार्यालय एवं प्रमुख वितरण केन्द्रको बोर्ड हो यो । वार्षिक अर्बौं रुपैयाँको कारोबार गर्ने र जनतासँग प्रत्यक्ष सरोकार राख्ने यो कार्यालयको बिजोग हेरिनसक्नु छ । अपरिचित सेवाग्राहीले कसरी थाहा पाउने कार्यालय ? एउटा सामान्य बोर्ड समेत मर्मत गर्न नसक्ने प्राधिकरणको व्यवस्थापन क्षमतामा प्रश्न उठ्दैन ? यस्तै व्यवस्थापकीय कमजोरीका कारण प्राधिकरणमा कहिले मुसा त कहिले बिरालाले लोडशेडिङ गराउँदै आएका छन् । कहिले जिम्मेवार बन्ने हो प्राधिकरणका हाकिमहरू ?

अहिले

फेरियो विद्युत् प्राधिकरणलाई 'गिज्याउने बोर्ड'

नेपाल विद्युत् प्राधिकरणले रत्नपार्कस्थित केन्द्रीय कार्यालयनजिक रहेको होर्डिङ बोर्ड फेरेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयबाहिर पत्रु अवस्थामा रहेको बोर्ड गत फागुन ५ गते लोकान्तर डटकमको ‘पट्टुको समदृष्टि’ स्तम्भमा प्रकाशित भएको थियो । बेहाल अवस्थामा रहेको बोर्डको तस्वीर सार्वजनिक भएपछि प्राधिकरणले शुरूमा च्यतिएको बोर्ड हटाएको थियो । अहिले भने त्यहाँ नयाँ बोर्ड राखिएको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी अड्डामा अझै पनि सेवाग्राही झुक्किने अवस्था कायम छ ।

कमेन्ट गर्नुहोस्