/* Sketch */
×

हेर्नुस् त, लाज शरम पचेका राजधानीवासी !

यो तस्वीर देशको राजधानी शहर काठमाडौं महानगरपालिकाभित्रको हो । सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी) नजिक धौलागिरी मार्गको सडकको दुर्दशा हो यो । फोहोरका कारण मानिसहरू मुख छोपेर हिँड्नुपर्ने अवस्था छ । काठमाडौं महानगरपालिकाको वातावरण विभागले यो ठाउँमा फोहोर फाल्न पाइँदैन भनेर सूचना नै टाँसेको छ । अझ सीसी क्यामेराको निगरानी भइरहेको सूचनामा उल्लेख छ । यति हुँदाहुँदै पनि यहाँ फोहोर फाल्न छाडिएको छैन ।  ५ हजारदेखि १ लाखसम्म जरिवाना गर्ने सूचनासहित सीसी क्यामेरा राखिए पनि यो ठाउँमा फोहोर फाल्न छाडिएको छैन ।  सार्वजनिक स्थानमा फोहर फाल्नेहरूको त के कुरा गर्नु, त्यसलाई रोक्न नसक्ने हो भने सीसीटीभी क्यामेराले निगरानी गर्नुको अर्थचाहिँ के त ? कि त्यो पनि नक्कली हो ? जे भएपनि आफ्नो टोल र शहर सफा राख्न नसक्ने राजधानीवासीलाई के भन्ने ? लाज पचेका राजधानीवासी भन्ने कि ?  महंगा स्मार्ट फोन बोकेर हिँड्ने नेपालीले सामान्य सभ्यता चाहिँ कहिले सिक्ने होलान् खै ?

कमेन्ट गर्नुहोस्