/* Sketch */
×

फूटपाथको बीचमा यो धराप कहिलेसम्म ?

काठमाडौंको कलंकी खसीबजारस्थित चक्रपथको फूटपाथमा एउटा बढेमानको फलामको पिल्लर छ । पूरै फूटपाथभरी ढाकेको खम्बाले पैदलयात्रीलाई कष्ट दिइरहेको छ । दैनिक सयौं यात्रुले आवतजावत गर्ने यो सडक किनारामा राखिएको यो पोलको औचित्य भने कतै देखिँदैन । सडक ढाकेर बनेको यो पिल्लर शताब्दी पुरानो रोपवेको अवशेष हो । सडकमा बनाइएको भन्दा पनि सडक विस्तार भएर पोलसम्म पुगेको हो । राणा प्रधानमन्त्री चन्द्रशमशेरले १९८२ मा मकवानपुरको भीमफेदी धोर्सिङबाट काठमाडौंको मातातीर्थ हुँदै कुलेश्वरसम्म रोपवे बनाएका थिए । २०५६ सालदेखि यो रोपवे बन्द छ । तर यसका संरचना यत्रतत्र छन् । या त सरकारले रोपवे पुनः सञ्चालन गर्ने योजना बनाउनुपर्‍यो, होइन भने सडकको बीचमा रहेको यो संरचना हटाउनतर्फ ध्यान दिनुपर्‍यो । सडकको बीचमा यो पिल्लरको तमासाले राजधानी शहरलाई कुरूप मात्र बनाइरहेको छ ।

कमेन्ट गर्नुहोस्